ठोरीबाट तीनजना यूवतीको उद्धार
११ कातिक :
गैर सरकारी संस्था माइती नेपालले पर्साको ठोरी छोटी नाकाबाट तीनजना यूवतीको उद्धार गरेको छ ।
ती यूवतीलाई फकाएर विदेश लैजान थालेका सिन्धुपाल्चोक स्याउले १ का ४० बर्षिय यमलाल तामाङलाई पनि माइती नेपालका स्वयम्सेवीले नियन्त्रणमा लिन सफलता पाएका छन् ।उद्धार गरिएकामा रामेछाप ओखली १ की १८ बर्षिया पूर्णमाया तामाङ, मकवानपुर डाँडाखर्क ३ की २२ बर्षिया श्रृजना दोङ र सिन्धुपाल्चोक चौतारा ९ की २७ बर्षिया देवी घले रहेका छन् । उनीहरुलाई अवैधरुपमा भारत हुँदै कुवेततर्फ पठाउने उद्देश्यका साथ यमलालले लिएर आएको इलाका प्रहरी कार्याल्य ठोरीले जनाएको छ ।ती यूवतीको उद्धारमा एन्जीला तामाङ र मिना गिरीले विशेष भूमीका निर्वाह गरेका थिए ।
Post a Comment