पूर्वका ९ जिल्ला बन्द, नागरिकलाई सास्ती
कात्तिक ११ –
मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्ले गरेको बन्दका कारण सोमबार पूर्वका ९ जिल्लाको जनजीवन प्रभावित भएको छ ।
पूर्वका नौ जिल्लामा यातायातका साधन चल्न नसेकेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । इटहरी, दमक, विर्तामोड, काँकडभिट्टा, उर्लाबारी, धरान, धनकुटा, तेह्रथुम, संखुवासभा हुँदै चल्ने यातायातका साधन नचल्दा सर्वसाधारण मारमा परेका छन् ।
चुनाव विरोधी गतिविधि गर्ने क्रममा पक्राउ परेका कार्यकर्तालाई छोड्न दबाब दिंदै बन्द आह्वान गरिएको परिषद्ले जनाएको छ ।
परिषदका अध्यक्ष कुमार लिङ्देनले चुनावको बिरोध गर्ने क्रममा पक्राउ परेका २० भन्दा बढी कार्यकर्ता रिहाइको माग राख्दै बन्दको गरेको बताउनुभयो ।
बन्द भएपनि पूर्व पश्चिम राजमार्ग भन्दा दक्षिणी क्षेत्रमा यातायात चलेका छन् ।
Post a Comment