सुगम क्षेत्रमा पनि हेलिकप्टरको प्रयोग, परिवार दलका अध्यक्ष हेलिकप्टर चढेर रौतहटमा
निर्वाचनको प्रचार प्रसारमा दुर्गम जिल्लामा मात्र हेलिकप्टर प्रयोग गर्न पाइने भएपनि नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले निर्वाचन आचार संहिता उल्लंघन गर्दै तराईको जिल्लामा समेत हेलिकप्टर प्रयोग गरेका छन् । ढकाललेकाठमाण्डौबाट आफ्नै निजी हेलिकप्टर ९ एन एजेडी मार्फत् रौतहट जिल्लाको सन्तपुर मटिऔन गाविस आई यहाँ आयोजित चुनावी आमसभालाई संबोधन गरी आचार संहित उल्लंघन गरेका हुन् । उनी दिउँसो ३ः३० बजे सभा स्थल नजिकै हेलिकप्टर रोकेर ओर्लिएका थिए । उनलाई उतारेर हेलिकप्टर तत्कालै काठमाण्डौका लागि उडेको थियो ।

Post a Comment