पहिलो विश्व सहरी योजना दिवस
कात्तिक २२ –
सरकारले आज पहिलोपटक विश्व सहरी योजना दिवस मनाउँदैछ ।
सहरी योजना र मापदण्ड व्यवस्थित सहरको मेरुदण्ड भन्ने नाराका साथ मनाउन लागिएको दिवसको मुख्य उद्देश्य शसहरी निर्माणको मापदण्ड, योजना र विकासका बारेमा सबैलाई जानकारी गराउनु रहेको सहरी विकास मन्त्रालयले जनाएको छ ।
विगतमा गैरसरकारी संस्थाले यो दिवस मनाउने गरेपनि सरकारी स्तरबाट भने पहिलोपटक मनाउन लागिएको हो । शहरी योजना र विकासका बारेमा आज विशेष अन्तरक्रिया हुनुका साथै यो क्षेत्रमा प्रयोग भइरहेका नयाँ प्रविधिका बारेमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।
आजै शहरी विकासका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनेलाई सम्मान गरिने कार्यक्रम पनि तय भएको मन्त्रालयका प्रवक्ता सुरेशप्रकाश आचार्यले जानकारी दिनुभयो । पछिल्लो समय बढ्दै गएको अव्यवस्थित शहरीकरणका कारण व्यवस्थित बसोबासमा चुनौती थपिंदै गएको छ ।
Post a Comment