0
वैद्य माओवादीद्धारा मतदाता शिक्षा सामग्री कव्जा

वैद्य माओवादीका कार्यकर्ताहरुले भोजपुरको पुर्वी चरम्बी गाविसबाट विहिबार साँझ मतदाता शिक्षा सामग्री कव्जामा लिएका छन् । जिल्ला निर्वाचन कार्यालय भोजपुरले चरम्बी गाविसमा मतदाता शिक्षा सञ्चालनका लागि पठाएका सबै सामान ६ जनाको समूहमा आएका वैद्य माओवादीका कार्यकर्ताले कव्जा गरेर लगेका हुन् ।

जिल्लामा निर्वाचन कार्यक्रम सफल हुन नदिन वैद्य माओवादीका कार्यकर्ताले निर्वाचन कार्यालयको कार्यक्रममा अवरोध गर्दै आएका छन् । जिल्लास्थित सुरक्षा निकाय र निर्वाचन कार्यालयले भने सो घटनाबारे विस्तृत जानकारी आइनसकेको जनाएका छन् ।

Post a Comment

 
Top