दाङमा दुई गाडीमा तोडफोड
कार्तिक १५ -
नेकपा-माओवादीले आह्वान गरेको पश्चिम नेपाल बन्दका क्रममा शुक्रबार दाङमा दुई गाडीमा तोडफोड भएको छ ।
घोराहीको ट्राफिक चोक नजिकै घोराही निवासी भरत श्रेष्ठको भे १ च १०१८ नम्बरको कारमा तोडफोड भएको हो । कारमा ढुंगा प्रहार भएपछि सिसा फुटेको प्रहरीले जनाएको छ । यसैगरी शहरी विकास तथा भवन डिभिजन कार्यालय घोराहीका ईञ्जिनियर राजेन्द्र खतिवडा चढेको रा १ ब १९५ नम्बरको मोटरसाइकलमा तोडफोड भएको छ । तोडफोडबाट मोटरसाइकलको अग्रभागमा क्ष्ाति पुगेको छ ।
त्ाोडफोड गर्नेको पहिचान नभएको र खोजी भैरहेको प्रहरीले बताएको छ माओवादीले निर्वाचनको बिरोध र पक्राउ परेका कार्यकर्ताको रिहाइको माग गर्दै आज लुम्बिनीदेखि सेतीसम्म बन्दको आह्वान गरेको छ । बन्दका कारण यातायातका साधन सञ्चालन हुन सकेका छैनन् । दाङमा यातायात र उद्योगधन्दाहरु सञ्चालन नभए पनि बन्दकर्तासँगको समन्वयमा १२ बजेपछि बजार भने खोलिएको छ ।

Post a Comment