सद्भावना कार्यकर्ता मृत फेला
नेपाल सद्भावना पार्टीका कार्यकर्ता राजकुमार साह आज मृत फेला परेका छन् । इटहर्वाकट्टी-५ को उखु घारीमा २७ बर्षीय साहको शव भेटिएको हो । उनी सरपल्लो-३ का हुन् ।
साहको शरीरको विभिन्न भागमा खुकुरीले काटिएको अवस्थामा शव फेला परेको हो । पेट र तीघ्रामा कुखुरीको चोट बढी छ ।
साहको ज २ प ५९५४ नम्बरको मोटरसाइकल शव फेला परेको केही पर खोलामा फेला परेको छ । हिजो देखि हराएका साहको आज विहान शव फेला परेको हो ।
नेपाल सद्भावना पार्टीले साहको अपहरण गरी हत्या गरिएको भन्दै दोषी पत्ता लगाई कारवाहीको माग गरेको छ ।
Post a Comment