आमहड्तालको बीचमा तीन दिन खुला
नेकपा-माओवादी नेतृत्वको ३३ दलीय राजनीतिक मोर्चाले १० दिने आमहड्तालमा केही फेरबदल गरेको छ ।
माओवादी उच्च स्रोतका अनुसार २५ गतेदेखि १० दिनका लागि आहृवान गरिएको नेपाल बन्दमा २७, २८ र २९ गते खुला गर्ने तयारी भएको छ ।
'२५ र २६ गते आमहड्ताल हुन्छ,' स्रोतले
भन्यो, '२७, २८ र २९ गते खुला हुन्छ ।' त्यसपछि मंसिर १ देखि ४ गतेसम्म पुनः आमहड्ताल गर्ने तयारी माओवादीको छ ।
दुई दिने आमहड्तालको 'प्रतिक्रिया हेरेर' हड्तालसँगै अन्य कार्यक्रम पनि सार्वजनिक गर्ने तयारी मोर्चाको छ ।

Post a Comment