घिमिरेले नयाँ पार्टी खोल्ने:

काठमाडौँ निर्वाचन क्षेत्र नं ४ का स्वतन्त्र उम्मेदवार सुप्रभा घिमिरेले निःस्वार्थ देशभक्तहरुको संलग्नतामा सङ्घीय समाजवादी लोकतान्त्रिक सङ्गठन गठन गरिने जानकारी दिएकी छन ।
पूर्वसभासद् घिमिरेले महिला समुदायको राजनीतिमा पहुँच पुर्याउन आफूले योगदान गर्ने दृढता व्यक्त गरिन् । आफूले स्वतन्त्र उम्मेदवारी दिएपछि नेपाली काँग्रेसले फिर्ता लिन ठूलो दबाब दिएको भए पनि त्यस क्षेत्रका जनताको सेवा तथा अधिकार संरक्षण गर्न आफूले उम्मेदवारी कायमै राखेको घिमिरेको भनाई थियो । शुक्रबार पत्रकार सम्मेलन आयोजना गरिन घिमिरेले यस्तो जानकारी दिएकी हुन्
नेत्री घिमिरेले आर्थिक रुपले विपन्न वर्गका सन्तानका लागि शैक्षिक तथा रोजगारीका योजना आफूसँग रहेको पनि जिकिर गरिन् । उनी अघिल्लो निर्वाचनमा सोही क्षेत्रबाट काँग्रेसबाट विजयी बनेकी थिइन् ।
Post a Comment