आरक्ष विस्थापित परिवारहरुले आन्दोलन गर्ने
कञ्चनपुरका आरक्ष विस्थापित परिवारहरुले ‘गर या मर’ आन्दोलन गर्ने घोषणा गरेका छन् ।शुक्लाफाँटा वन्यजन्तु आरक्षको विस्तारित क्षेत्रबाट विस्थापनमा परेको १२ वर्षसम्म पुनःस्थापनका लागि कुनै कार्यक्रम नल्याइएको भन्दै आरक्ष विस्थापित परिवारहरुले आन्दोलनको घोषणा गरेका हुन् ।
आन्दोलनमा सडक सङघर्ष, धर्ना, घेराउ, चक्काजाम लगायतका कार्यक्रम तय गरिएको आरक्ष सङ्घर्ष समितिका अध्यक्ष हीरासिंह भण्डारीले बताए ।आरक्षको समस्या समाधानका लागि २४ भन्दा बढी आयोग बने पनि तथ्याङ्क सङ्कलनबाहेकका कार्य अगाडि बढ्न नसकेको उल्लेख गर्दै उहाँले तत्काल अधिकार सम्पन्न आयोगको गठन भए मात्रै समस्या समाधान हुने बताए ।आरक्षको विस्थापनमा परेका परिवार आरक्षकै जग्गा कब्जा गरी तारापुर, बेलडाँडी र ढक्का क्षेत्रमा कष्टमय जीवन बिताउँदै आएका छन् ।
आरक्ष विस्थापित परिवारलाई राज्यबाट पाउने आधारभूत अधिकारबाटसमेत वञ्चित गरिएको पीडित भगीरथ भट्टले गुनासो छ । कञ्चनपुरका विभिन्न शिविरमा अस्थायीरुपमा बस्दै आएका दुई हजार ४७३ आरक्ष विस्थापित परिवार रहेका छन् ।

Post a Comment