मल मुत्र खुवाउने दुई महिला पक्राउ
१० - माघ
बोक्सीको आरोप लगाई मल मुत्र खुवाउने दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
काभ्रेको पोखरी नारायणस्थान गाविस–२ की श्रीमाया लमिनीलाई बोक्सीका आरोप लगाउँदै मलमुत्र खुवाएको आरोपमा स्थानीय वर्ष ३७ की पासाङ तामाङ्ग र बर्ष २० की मनमाया तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
गत माघ १ गते लमिनी गोठमा भैसीलाई घाँस हाल्दै गर्दा पासाङ्ग तामाङ्ग, विकुलाल तामाङ्ग र मनमाया तामाङ्ग समेतले कुटपिट गरी मलमुत्र अनुहारमा दलेर शारिरिक तथा मानसिक यातना दिएको श्रीमायाले आरोप लगाउनु भएको छ । श्रीमायाको उजुरीको आधारमा पक्राउ परेका दुई महिलालामाथि मुद्दा दर्ता गरिएको प्रहरी प्रमुख एसपी अरुण बिसीले जानकारी दिनुभयो ।
Post a Comment