0
सौर्य ऊर्जाबाट खानेपानी
  सुर्खेत र दैलेखका विभिन्न गाविसका नागरिकको दैनिकीलाई सहज बनाउन खानेपानीको सुविधा नपुगेका ठाउँमा सौर्य ऊर्जामार्फत पानीको सुविधा पु¥याइएको छ ।
 
सुर्खेतका बजेडीचौर, गर्पन र तरङ्गा गाविस तथा दैलेखका लालिका“डा र अवलपराजुल गाविसका नागरिकलाई खानेपानीको सुविधा पु¥याउन सौर्य ऊर्जामार्फत पानीको पम्प निर्माण गरिएको हो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र आस्था नेपाल सुर्खेतले २०६७ सालदेखिको प्रयासमा जिल्लाका तीनवटा गाविस र दैलेखको लालिकाँडामा पम्प जडान गरी खानेपानीको सुविधा पु¥याइएको हो । 
खानेपानी नपुगेका डाँडा तथा सुक्खा क्षेत्रमा दुई हजार १०० वाट क्षमताको सोलार सिस्टमको सहायताले साढे १०० मिटर अग्लो उचाइसम्म पानीको तान्न सकिने प्रविधि जडान गरेर खानेपानीको सुविधा पु¥याउने काम गरिएको आस्था नेपाल सुर्खेतका सवइन्जिनियर चन्द्रप्रकाश केसीले बताउनुभयो । 
 
लालिकाँडा–४ मकुटक दैलेखका नगेन्द्र विसीले यस्तो प्रविधिबाट खानेपानीको प्रयोग गर्न पाएकामा आफूलगायत गाउँ नै लाभान्वित भएको भन्दै भएको खुसी व्यक्त गर्नुभयो । 
 
सुर्खेतको बजेडीचौर, गर्पन र तरङ्गामा पनि करिब एक÷एक सय घरधुरीका नागरिकलाई सुविधा पुग्ने कार्यक्रमको उद्देश्य रहेको सहयोगी संस्थाहरुले बताएका छन् । सोलारबाट पम्प चलाएपछि सुर्खेतको गर्पन गाविससँग जोडिएको दैलेखको लालिकाँडा–४ मकुटका मात्रै ४० घरधुरीलाई खानेपानीका लागि सहज भएको छ । उपभोक्ता समिति गठन गरी जडान गरिने यो सिस्टम एउटा गाविसमा निर्माण गर्न करिब रु २२ लाख लाग्ने लालिकाँडाको उपभोक्ता समितिका अध्यक्ष बखतबहादुर विसीले जानकारी दिनुभयो ।

Post a Comment

 
Top