0
बीउबिजन आयात गर्दा अनुसन्धान र परीक्षण गरिनुपर्ने
, ११ माघ 
 नेपालको बढ्दो जनसङ्ख्या अनुसार खाद्यसुरक्षाको व्यवस्था गर्न नेपालकै हावापानी सुहाउँदो जातका बीउहरू उत्पादन गर्नुपर्ने सुझाव विज्ञहरूले दिएका छन् । 
 
बाली विकास निर्देशनालयका कार्यक्रम निर्देशक सुरज पोखरेलका अनुसार बहुराष्ट्रिय कम्पनीबाट ल्याइने हाइब्रिड बीउलाई मात्र दोष दिन नहुने बताउनुभयो । उहाँका अनुुसार देशको सबै स्थानमा एकै खालका बीउहरू प्रयोगमा आउन नसक्ने हुनाले कृषकले ठाउँ अनुसार हावापानी र माटो सुहाउँदो बीउ प्रयोग गर्दा फरक पर्दैन । 
 
हाल नेपालमा दानाका रूपमा बढी प्रयोगमा आउने अन्न हाइब्रिड बीउकै उत्पादन भएको बताइन्छ । सबै बीउ बाहिरी देशबाट मात्र ल्याएर प्रयोग नगरी स्वदेशमै उत्पादन गर्न सक्नुपर्ने उहाँको सुझाव छ । 
 
बीउबिजन ऐन २०४५ ले हाइब्रिड जातका बीउ आयात र बिक्री वितरण गर्न अनुपति दिएपछि नेपालमा प्रत्येक वर्ष ५० प्रतिशत बीउ विदेशबाट ल्याइने गरिएको छ । 
 
नेपाल कृषि अनुसन्धान परिषद् नार्कका वैज्ञानिक डा. किरणराज जोशीले माटो र जलवायु सुहाउँदो वर्णशङ्कर जातको बीउको विकास देशभित्रै गर्नुपर्ने र त्यसका लागि अनुसन्धानमा जोड दिनुपर्ने बताउनुभयो । 
 
बहुराष्ट्रिय कम्पनीले उत्पादन गरेको बीउबिजन आयात गर्दा अनुसन्धान र परीक्षण गरेर मात्र प्रयोग गर्दा भावी पुस्ताका लागि धेरै लाभदायक रहने जोशीको कथन छ । 

Post a Comment

 
Top