0

यूवतीलाई छेडखानी गर्ने यूवक प्रहरी खोरमा

यूवतीलाई छेडखानी गर्ने यूवक प्रहरी खोरमा
१२ जेठ
मर्निङ्ग वाक अर्थात् प्रभात यात्रामा निस्किएका यूवती तथा महिलालाई पछ्याउने र जिस्क्याउने आरोपमा प्रहरीले एकजना यूवकलाई पक्राउ गरेर सार्वजनिक अपराध अन्तर्गत कारवाही गरेको छ । 
जिल्ला प्रहरी कार्यालय पर्सामा पीडित महिला तथा यूवतीले दिएको जानकारीका आधारमा वीरगन्जको रानीघाट टोल निवासी अल्ताफ मियाँलाई प्रहरीले पक्राउ गरेको हो । पर्साको बैरिया बिर्ता गाविस वडा नम्बर ६ का स्थायी बासिन्दा अल्ताफ मियाँलाई ९ जेठमा पक्राउ गरी केही सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाइएको प्रहरी उपरिक्षक धिरज प्रताप सिंहले जानकारी दिएका छन् ।


Post a Comment

 
Top