विद्यालयमा गाईगोठ, छात्रछात्रा बाहिर
जाजरकोटको एक उच्च माविलाई गाईगोरु बाँध्ने गोठ बनाएको खुलासा भएको छ । सदरमुकामसँग जोडिएको जिल्लाको जगतिपुर–१ मा रहेको शिवशङ्कर उच्च माविमा गाई र गोरु बाँध्ने गोठ बनाएको पाइएको हो । विद्यालयमा गाईगोठ बनाउँदा अन्य कक्षा कोठामा २ कक्षाका विद्यार्थीलाई एकै ठाउँमा राखेर बहुकक्षा शिक्षण गर्ने गरेको पाइएको छ भने कतिपयलाई चौरमा राखेर पढाउने गरिएको छ ।गत आर्थिक वर्ष गाविसको रु तीन लाख ९१ हजार बजेटबाट निर्माण गरिएको सो भवनमा गाईगोरु हुल्ने गोठ बनाएको छ । विसं २०१७ मा स्थापना गरिएको सो विद्यालयमा हाल कक्षा १ देखि १२ कक्षासम्म पढाइ हुने गरिएको छ । विद्यालयको नवनिर्मित भवनमा गाउँलेले गाई र गोरु हुल्ने गरेको पाए पनि विद्यालय परिवार भने टुलुटुलु हेर्नुबाहेक अरू विकल्प नभएको प्राचार्य रामलाल आर्चायले बताउनुभो ।
विद्यालयको वरपर विद्यार्थीभन्दा गोरु र गाईले पढाइलाई प्रभावित बनाएको कक्षा १० का विद्यार्थी टङ्क हमालले बताउनुभयो ।
विद्यालयका शौचालयमा पनि गोरु नै बाँधिएका कारण विद्यार्थीहले शौचालय प्रयोग गर्न पाएका छ्र्रैन । खानेपानी नभएका कारण विद्यालयका अधिकांश शौचालय प्रयोगविहीन अवस्थामा रहेका छन् । यो जगतिपुर गाविस खुल्ला दिसामुक्त घोषणा भइसकेको छ ।
विद्यार्थीहरूले आ–आफ्नो घरबाट पिउने पानी बोटलमा बोकेर ल्याउने गरेको शिक्षकहरू बताउँछन् । विद्यालयमा खानेपानीका धारा भए पनि स्थानीयले धाराको पाइप चोरेर लिएका कारण धारामा पानि आउन छाडेको प्राचार्य आचार्यले बताउनुभयो ।
धारामा राखेको प्लास्टिक पाइप तीनपटकसम्म चोरी भएको कारण विद्यालय पानी खानबाट वञ्चित हुनु परेको हो । पानी पिउन नपाउँदा कयाँै पटक विद्यार्थी बेहोस भएको आचार्यको भनाइ छ ।
जगतिपुर गाविसभित्र पानीका मुहान नभएका कारण छिमेकी पुन्मा गाविसबाट पानी विद्यालयमा ल्याउनुपर्ने अवस्था रहेको छ ।
Post a Comment