0

टुकीको उज्ज्यालोमा फैलँदै

kurakani 1कैलाली जिल्लाको कालिका नगरमा पर्छ १४ वर्षिय राधिका गोतामेको घर । हरेक दिन परिवारका सबैजनाका लागि वेलुकाको खाना तयार गर्ने  जिम्मेबारी छ राधिकाको काँधमा ।
तराईमा वेलुकाको खाना प्रायः सुख्खा रोटी, दाल र तरकारी अचार हुन्छ । राधिका रोटी पकाउने तयारीमा हुनुहुन्छ । उहाँ सिपालु भई सक्नु भएको छ रोटी पकाउन । हरेक दिन दाल र रोटी तयारीे गर्नुपर्छ उहाँले । अचारचाहिँ धेरैजसो विहानकै हुन्छ । नयाँपुस्ताले जेठको गरम साँझमा उहाँलाई भेटदा राधिका आगोको रापमा पीठोको डल्ला बनाउने, वेल्नामा वेल्ने, पकाउने, आगो फुक्ने कामले  असिनपनिन हुनु भएको थियो ।
आफ्ना कामका बारेमा राधिका गोतामे भन्नुहुन्छ, “विहानको खानामा कहिले आलुको तरकारी हुन्छ । भात पाकेको हुन्छ, दाल हुन्छ, कहिले फाँडो पाकेको हुन्छ, कहिले खोले ।”
श्री जनता निम्न माध्यमिक विद्यालय कालीकानगर धनगढीमा नै कक्षा ६ मा पढ्नु हुन्छ राधिका ।
गाउँमा विजुली वत्ती आएको छ । तर पैसा नभए विजुली वत्ती जोडिएको छैन राधिकाको घरमा । त्यसैले उहाँ मट्टीतेलको टुकी वत्तीमा पढ्नु हुन्छ । विजुली वत्ती मात्र होइन स्कूलको शुल्क पनि महँगो छ ।
kurakani 1

राधिका गोतामे भन्नुहुन्छ, “६ कक्षाको ९ सय रूपैयाँ, ७ कक्षाको ११ सय रूपैयाँ, ८ कक्षाको १३ सय रूपैयाँ तिर्न पर्छ । सरकारी भए पनि पढाई धेरै कडा हुनाले त्यसैले पैसा पनि धेरै कडा बढी गरेका हुन् ।”
हुनत सरकारी विद्यालयमा शिक्षा निःशुल्क हो । पढाई राम्रो हुने आशमा ९ सय रुपैया छुट्टै तिर्नुपर्छ राधिकाले ।
तिर्नु पर्ने भर्ना शुल्क भन्दा ज्यादै कम छ सरकारले दिने छात्रवृत्ति पनि ।
राधिका भन्नुहुन्छ, “किताब त सितैमा पाइन्छ, छात्रवृत्तिचाहिँ सूचिमा भएकाले मात्र पाउँछन्, त्यसमा म पनि छु र  एक वर्षमा ४ सय साढे चार सय रूपैयाँ पाउँछु ।”
राधिकाका समस्या, घरको काम गर्न पर्ने, टुकीमा पढ्न पर्ने र स्कुलमा पैसा तिर्न गाह्रो हुने मात्र होइन्, घरनजिकैबाट बग्ने मोहोना नदी पनि ठूलै समस्या हो । अघिल्लो वर्ष मोहोनाको बाढीले घर अगाडीको बारी वगाएको थियो ।
राधिका भन्नुहुन्छ, “पानीले गर्दा टङ्गाएको लुगा पुरै भिजाएको हुन्छ । त्यसैले हाम्रो स्कूल ३÷४ दिनको लागि विदा हुन्छ । हामी हाजिर हुन सक्दैनौ विद्यालयमा ।”
बाढी आउने समय सुरु हुन १ महिना जती मात्र बाँकी छ । मोहोना खोलामा बाँध लगाउने काम अझ सुरु भएको छैन । यस वर्ष पनि राधिका जस्तै कालिकानगर धनगढीका बालबालिका र गाउँलेहरु दुःख पाउने निश्चित छ ।
 प्रस्तुतिः विक्रम न्यौपाने

Post a Comment

 
Top