0

मिनरल वाटरभित्र मृत मुसा र लेदो


पाँचथर,
 ९ फागुन
- सदरमुकाम फिदिमस्थित एक पसलमा मिनरल वाटरभित्र मरेको मुसा र लेदो भेटिएको छ ।

जिल्ला प्रशासन कार्यालयको आज नवनिर्मित भवनको गृहसचिव सूर्यप्रसाद सिलवालले गर्ने उद्घाटन कार्यक्रममा फिदिमस्थित तिमल्सेना स्टोर्सले दिएको २० बाकस मिनरल वाटरभित्र मरेको मुसा र लेदो भेटिएको प्रशासन कार्यालयका खरिदार सुरेन्द्र दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, “आज हुने नवनिर्मित भवनको उद्घाटनका क्रममा खरिद गरेका पानीको बोतल खोलेर पानी खान खोज्दा मरेको मुसा र लेदो भेटियो ।”

यस्तै उक्त पानी विसं २०७१ कात्तिकमै म्याद सकिएको पाइएको छ । उक्त मिनरल वाटर इलामस्थित वाटर इन्डस्ट्रिज प्रालिले बजारमा ल्याएको हो ।

तिमल्सेना स्टोर्सका प्रोप्राइटर प्रकाश तिमल्सेनाले कम्पनीमै फिर्ता गर्न लैजानका लागि लगिएको पानी नयाँ कामदारले भुलवश दिएको बताउनुभयो । प्रजिअ प्रदीपराज कँडेलले भने यसबारे छानबिन गरिने जानकारी दिनुभयो ।

Post a Comment

 
Top