नन्दीसेवास्थलमा नन्दी र गाईबाच्छा, गौपालन नीति माग
९ फागुन
- काभ्रेपलाञ्चोक खनाल–२ का आरबी (रामबहादुर) न्यौपाने वाग्मती अञ्चलमा एक गौधाम बनाउने योजनामा हुनुहुन्छ ।
पाँच महिनाअघिदेखि ‘छाडा गाई बाच्छा चौपाया उद्धार एवं संरक्षण ः हाम्रो अभियान’का साथ पशुपति वनकालीमा मठमन्दिर गाई बाच्छा बचाउ तथा समाज विकास अभियान–२०७१ चलाइरहनुभएका न्यौपानेका साथमा हाल करिब १५ गाई तथा १३५ गोरु र बाच्छाबाच्छी छन् । पशुपति वनकालीस्थित ‘नन्दीसेवास्थल’ मा रहेका ती गाईवस्तुका लागि पशुपति क्षेत्र विकास कोषले करिब सात रोपनी जमिन प्रदान गर्नाका साथै तीन वटा टहरा पनि बनाइदिएको छ ।
बाटामा बिचल्लीमा परेका, थाकेर (दूध दिन छाडेको) छाडिएका, थुन बिग्रेका, बिरामी परेका, घाइते, पशुपतिनाथलगायत देवीदेवतालाई चढाइएका गाईवस्तु उठाएर राखिएको छ । तिनमध्ये अजङ्गको नन्दीलाई पनि त्यहाँ राखिए पनि बेलाबखत तगारो हटाएर बाहिर निक्लने गर्छ । त्यस्ता गाईवस्तु मोटरसाइकलमा राखेर नन्दीसेवास्थलमा ल्याइने गरेको छ ।
ती गाईवस्तुलाई धार्मिक स्वभावका दाता, मारवाडीलगायत व्यवसायीले नगद, भुसा, चोकर आदि दिएर सहयोग गरेका छन् । बिरामी गाईवस्तुको उपचारका लागि केही चिकित्सक तथा अन्य स्वयम्सेवक पनि छन् ।
“एक पल्ट रातको समयमा भक्तपुरबाट ३० गाईबस्तु खेदेर काभ्रे लैजान लागिएको थाहा पायौँ तर राख्ने ठाउँ नभएकाले हामीले केही गर्न सकेनौँ” न्यौपानेले भन्नुभयो, “हामीलाई यहाँ जग्गा कम भएको छ, त्यसैले काभ्रेमा गौधाम बनाउन जग्गा खोजिरहेका छौँ ।”
“हामीले त जग्गा दियौँ, टहरा बनाइदियौँ तर अरु काम उहाँहरुले नै गर्ने हो,” कोषका सदस्यसचिव डा गोविन्द टण्डनले भन्नुभयो । उहाँका अनुसार सो ठाउँको दायाँबायाँ कोषले बगैँचा बनाउन लागेको छ ।
“विसं २०० ८मा विमानस्थल बन्नुअघि सिनामङ्गल गौचरन इलाका छाडा छाडिएका गाईवस्तुका लागि नै हुन्थे, अहिले जग्गा अतिक्रमित भए, गौचरनका लागि सरकारले नै व्यवस्था गर्नुपर्छ” डा टण्डनले भन्नुभयो ।
अभियानकर्ता न्यौपाने गाईवस्तु मरेपछि त्यसको सत्गत होस्, मासु बरु गिद्धले खाऊन् तर तिनमाथि हतियार नचलोस् भन्ने चाहनुहुन्छ । उहाँ गौपालकहरुसँग गाईवस्तु जथाभाबी नछाडन् आग्रह गर्दै भन्नुहुन्छ–गौपालकहरु हाम्रो अभियानमा सहकार्य गर्न आउनुहोस्, हाम्रो सदस्य बन्नुहोस्, दाना र अन्य सहयोग गर्नुहोस् ।” अहिले काठमाडौँमा मात्र करिब १५ हजार जति गौपाल छन् ।
न्यौपानेले गौपालकहरुले गाईपालन व्यवसाय दर्ता गर्न सके उनीहरुबाट राजस्व उठ्ने र त्यसलाई गौसेवामा लगाउन सकिने तथा गौपालकहरु पनि अनुशासित बन्ने उपाय पनि सुझाउनुभएको छ । अझ गौपालकहरुलाई बीउका लागि आफ्ना गोरु लैजान, दूध खानका लागि पाल्न पनि आग्रह गर्दै उहाँले भन्नुभयो– “बिन्ती गाईवस्तु चाहिँ बाटामा तथा कहीँ पनि अलपत्र गरेर नछाड्नुस्, मरेपछि सत्गत् गरी हामीलाई प्रतिवेदन दिनुहोस् । ”
पहिले घरजग्गा कारोबार गरी हाल गौसेवामा लाग्नुभएका ५३ वर्षीय न्यौपाने भन्नुहुन्छ–सरकारले गौपालनसम्बन्धी नीति नै बनाओस्, गाईको सेवा गर्नेहरुलाई जग्गा देओस्, गोठ बनाइदेओस्, गाई त लक्ष्मी हुन्, हाम्री आमा हुन् ।”

Post a Comment