0

राष्ट्रपतिदेखि महिला सांसदसम्मका पुरुष पीए

000







१८ पुस 
 राज्यको प्रमुख अंग राष्टपतिदेखि सभामुखसम्म र मन्त्रीदेखि सांसदसम्म धेरै महिलाहरु छन् । सधैभरी पुरुषले पछि पारेको सार्वजनिक अभिब्यक्ति दिँदै आएका ति उच्च निकायका महिलाहरुले भने पुरुष पीए राखेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारी, सभामुख ओनसरी घर्ती, एमाले महासचिव ईश्वर पोखरेलपत्नी मीरा पोखरेल ध्वजू, सांसद सुशीला नेपाल, पूर्वउपप्रधानमन्त्री सुजाता कोइराला, कांग्रेस पूर्वसचेतक कमला पन्तदेखि आरजु राणा देउवाले पुरुष पिए राखेका छन् । पुरुष पिए राख्ने महिला सांसदहरू सुरक्षा र काममा सहजताका कारण महिलालाई स्वकीय सचिव नबनाएको जिकिर गर्छन् । दुवै बराबर भएकाले पुरुषलाई पिए राखेको उनीहरूको तर्क नयाँपत्रिका गरेका छन् ।
संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाजकल्याण समितिकी सभापतिसमेत रहेकी एमाले सांसद रञ्जु झाले पनि महिलाको तुलनामा पुरुष पिए नै बढी प्रभावकारी भएको अनुभव सुनाइन् । ‘पहिला मैले महिलालाई नै स्वकीय सचिव बनाएकी थिएँ,’ उनले भनिन्, ‘रात–बिहान काम गर्नुपर्ने, कामको चाप हुने, तर महिला पिएले काम गर्न नसक्ने भएपछि मैले पुरुष राखेकी हुँ ।’

Post a Comment

 
Top