0

भूकम्प पीडितलाई १० दिनभित्र १० हजार वितरण नगरे कर्मचारीलाई कारवाही

Capture10







 १८ पुस 
भूकम्प पीडितका लागि उपलब्ध गराउने १० हजार रकम तत्काल वितरण नगरे कर्मचारीलाई कारवाही गर्ने चेतावनी सरकारले दिएको छ । शुक्रबार बसेको मन्त्रीपरिषदको बैठकले भूकम्प पीडितलाई न्यानो वितरण अन्तर्गत तत्काल १० हजार वितरण गर्ने निर्णय गरेको थियो । तरपनि भूकम्प पीडितको हातमा पुग्न सकेको छैन । सरकारले १० दिनभित्र १० हजार कम वितरण गर्न निर्देशन दिएको छ ।
भूकम्प पीडितहरु चिसोका कारण दैनिक मृत्युको मुखमा परेपनि सरकारले सानो राहत रकम पनि पुरयाउन सकेको छैन । भूकम्प पीडितहरुले दैनिक जसो ज्यान गुमाउन थालेपछि सरकारले कडा निर्णय लिएको छ ।
भूकम्प पीडितलाई वितरण गर्ने १० हजार रकम तत्काल उपलब्ध नगराए कर्मचारीलाई कारवाही गर्ने निर्णय गरेको  छ ।

Post a Comment

 
Top