राष्ट्रविप्लव : खेलाडीलाई लाग्ने, सिके राउतलाई नलाग्ने?
नेपालमा अहिले अनौठो भइरहेको छ। म्याच फिक्सिङ गरेको आरोपमा खेलाडीहरुलाई अरु कुनै कानुन लाग्ने नदेखेर राज्यविरुद्धको अपराध अन्तर्गत राष्ट्रविप्लवको मुद्दा ठोकिएको छ। तर खुल्लमखुल्ला नेपालबाट मधेस भन्ने देश टुक्राउनु पर्छ भन्दै सैन्य शैलिको तालिम र नमूना जनमत संग्रह गर्दै हिँड्नेलाई भने त्यत्तिकै खुला छाडिएको छ। नभएको कानुनमा खोजीखोजी राष्ट्रविप्लव ऐन आकर्षित गराइएको छ भने सीधै आकर्षित हुने घटनामा भने सरकार चुप लागिबसेको छ।
हामीले तराई मधेसको विभिन्न जिल्लामा झण्डै एक महिनादेखि ‘नेपाल’ देश टुक्र्याएर ‘मधेस देश’ निर्माण गर्न तालिम सुरु भएको एक्सक्लुसिभ खुलासा गरेका थियौँ। लाहानका दुई स्कूलमा सुरक्षा निकायकै नाकमुनि खुल्लमखुल्ला यस्ता गतिविधि हुँदा पनि प्रशासन अहिलेसम्म मूकदर्शकै बनिरहेको छ।
को हो देश टुक्राउन चाहने?
अहिले एकतर्फ मधेसका लोकतान्त्रिक शक्तिहरु आन्दोलनमा छन् भने अर्कोतर्फ राउतको विखण्डनवादी शक्तिहरु पनि सक्रिय छन्। पहाडे राष्ट्रवादले सबै मधेसीलाई भारतीय ठान्दै देश टुक्राउन खोजेको ठान्छन्। जबकि देश टुक्राउने अभियानमा सिर्फ राउत लागेका छन्। अहिले आन्दोलनमा रहेका दलहरु नेपालभित्रै आफ्नो पहिचान, सम्मान र अधिकारका लागि आन्दोलनरत छन्।

के गर्दैछन् राउत?
राउत लामो समयदेखि भइरहेको आन्दोलनबाट पनि कुनै निकास ननिस्केपछि निराश मधेसीहरुलाई नेपाल हैन छुट्टै देश बनाए समस्या समाधान हुने लोभ देखाउँदै आफूतिर आकर्षित गर्ने प्रयास गरिरहेका छन्। आन्दोलनरत दलहरु पनि माग पूरा नभई आन्दोलन फिर्ता भए राउत जस्ता विखण्डनवादीहरु हावी हुने र गलत बाटोमा आन्दोलन मोडिने चिन्तामा छन्।

राउतका कार्यकर्ता नेपाली राज्यप्रति घृणा फैलाउँदै सैन्य शैलिको तालिम गराउँदै हिँडेका छन्। नेपाल कि मधेस भन्दै प्रतीकात्मक जनमत संग्रह गराउँदै हिँडेका छन्। आन्दोलनलाई सम्बोधन नगर्ने दलहरुको कदम र मधेसीलाई भक्कुमार गाली गर्ने पहाडे राष्ट्रवादी शैलिले उनीहरुलाई नै फाइदा गर्दैछ। जति गाली मधेसीविरुद्ध गरिन्छ त्यति फाइदा उनीहरुलाई भइरहेको छ।
के राउतलाई यत्तिकै छाडिएको छ त?
त्यसो त सिके राउतलाई सरकारले यसअघि राज्यविरुद्धको अभियोग अन्तर्गत मुद्दा चलाउने प्रयास नगरेको भने होइन। तर कमजोर अनुसन्धानका कारण यसले उल्टै राउतलाई नै फाइदा पुर्यायो। गत वर्ष भदौमा प्रहरीले उनलाई पक्राउ गरेको थियो। त्यसपछि उनको चर्चा झन् बढ्यो। सिके राउतले अदालतमा झुटो बोलेर उन्मुक्ति पाए। उनले बोलेको झुटको प्रतिवाद सरकारी पक्षबाट हुन सकेन।

कसरी झुटो बोलेर उम्किएका थिए राउत?
स्वराज्य अर्थात् भारतको स्वतन्त्रताका लागि महात्मा गान्धी वर्षौँ जेल बसे। दक्षिण अफ्रिकी नेता नेल्सन मन्डेला पनि वर्षौँ जेल बसे। तर गान्धी र मन्डेलालाई आदर्श मानेको बताउने राउत भने एक महिना जेल बस्दै आत्तिए र आफूले खुल्लमखुल्ला भन्दै आएको कुरालाई पनि इन्कार गरी जेलबाट छुट्ने बाटो रोजे।

गत वर्ष असोजमा विशेष अदालतका अध्यक्ष न्यायाधीश मोहनरमण भट्टराई, न्यायाधीशद्धय भूपेन्द्रप्रसाद राई र नरेन्द्रकुमार सिवाकोटीको इजलासमा उनले आफ्नो पुस्तक र वेबसाइटमा लेखिएका विषयलाई पनि लेखेको होइन भनी झुटो बयान दिएका थिए।
उनलाई अदालतमा सोधिएको थियो- तपाइँले नेपालको दशगजादेखि उत्तर पूर्व मेचीदेखि पश्चिम मध्य र उत्तरमा चुरे पर्वतसम्मको भूभागलाई टुक्राएर छुट्टै मधेश राष्ट्र स्थापना गर्न स्वतन्त्रता मधेश गठबन्धन (AIM) को घोषणापत्र तयार गरी मधेश राष्ट्रको प्रस्तावित राष्ट्रिय गान र झण्डाको प्रस्ताव गरि मधेश स्वराज पुस्तक तयार गर्नुभएको भन्ने अभियोग सम्बन्धमा तपाइँको भनाई के छ?
यसमो जवाफमा उनले ‘राष्ट्र टुक्राउने कुरा होइन, राष्ट्रिय एकता र समृद्धिको कुरा हो’ भनेका थिए।
अदालतमा उनको बयान हेर्नुस्-
बयान हेर्दा सरकारको कमजोर प्रस्तुति र राउतको उम्किने दाउ प्रष्टै देखिन्छ।
के छ कानुनमा ?
राज्यविरुद्धको अपराध र सजाय ऐन २०४६ मा यस्तो छ

राज्यविरुद्धको अपराध र सजाय ऐन २०४६ मा यस्तो छ

Post a Comment