भूकम्प, भूक्षय र दैवीय विपति सम्बन्धि भविष्यवाणी
१ वैशाख
– २०७२ साल नेपाल र नेपालीका लागि निकै दुःखद् रह्यो । सालको सुरुमै देशको विनासकारी भूकम्प खेप्नुपर्यो । त्यसपछि हिंसात्मक आन्दोलन, नाकाबन्दी, विभिन्न प्रकोप र विपतिको सामना गर्नुपर्यो । लामो समयपछि देशले संविधान पाएता पनि त्यसको कार्यान्ययनको पाटो अझै अस्तव्यस्त छ ।
यी सवैका बीच ०७३ साल नजिकिदै छ । सवैमा यो वर्ष कस्तो होला भन्ने कौतुहलता छ । यही कौतुहलता मेटाउन हामीले तायनाथ पञ्चाग्ङले आफ्नो पात्रोमा समेटेको ०७३ सालको भविष्यवाणीलाई तपाईसामू राख्दै छौँ ।
पात्रोमा लेखिएअनुसार ०७३ सालमा भूकम्प, भूक्षय, भूस्खलन जस्ता प्राकृतिक प्रकोपको सम्भावना देखिएको छ ।
पात्रोमा लेखिएको छ, ‘जलवायु परिवर्तननको कुप्रभावले तापक्रमको प्रतिकूलताले सबैतिर निराशा छाउला । कुनै भूभागमा अनावृष्टिले बाढी–पहिरोको समस्या निम्त्याउला । भूकम्प, भूक्षय, भूस्खलन, दैवीक विपति, स्थल तथा हवाई दुर्घटनाको प्रवलता पनि न भएको होइन ।’
त्यसो त भूकम्पजस्ता प्राकृतिक प्रकोपलाई ज्योतिषशास्त्रसँग जोडेर हेर्नु हुँदैन भन्ने गरिन्छ तर २०७२ मा ज्योतिषले गरेका केही भविष्यवाणी मिलेको र ज्योतिषशास्त्रले पनि वैज्ञानिक प्रविधि तथा उपकरणको प्रयाग गर्न थालिसकेकाले मानिसमा यसप्रतिको विश्वास कायमै रहेको छ ।
Post a Comment