0

रियल मड्रिड र म्यानचेष्टर युनाइटेडको भिडन्त आज
 । च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को दोस्रो लेगमा आज रियल मड्रिड र म्यानचेष्टर युनाइटेड भिड्दैछन् ।

युनाइटेडको घरेलु मैदान वल्र्ड ट्राफाडमा हुने खेल निकै प्रतिस्पर्धात्मक र रोमान्चक हुने फुटबलप्रेमीहरुको अनुमान छ । रियल मड्रिडका प्रशिक्षक जोशे माउरिन्होले पनि म्यानचेष्टर युनाइटेडमा हुने फुटबल भिडन्त हेर्न विश्व रोकिएको बताउाछन् । उनले भनेका छन्(”यो भिडन्त हेर्न विश्व रोकिएको छ, सकैलाई पनि थाहा छैन के हुन्छ भनेर किनकी दुबै टोलीको खेल राम्रो छ ।”



म्यानचेष्टर युनाइटेडसँगको भिडन्त अघि घरेली चिरप्रतिद्वन्द्वी बार्सिलोनालाई ५ दिनमा दुई पटक हराएको रियल मड्रिडको मनोवल उच्च छ ।

म्यानचेष्टर युनाइटेडका प्रशिक्षक एलेक्स फर्गुसन आफ्ना पूर्व खेलाडी क्रिष्टियानो रोनाल्डोसँग डराउनु नपर्ने बताउाछन् । उनले भनेका छन्(”हामीले डराउनु पर्ने कुनै कारण छैन ।” सन् २००९ मा म्यान यु छाडेर रियल गएपछि रोनाल्डो पहिलो पटक ओल्ड ट्राफड आएका छन् ।




रियलको घरेलु मैदानमा भएको पहिलो लेग १(१ को बराबरीमा सकिएको थियो । पछिल्लो पटक सन् २००३ मा भएको भिडन्तमा रिलय मड्रिडले बाजी मारेको थियो । वल्ड्र ट्राफडमा भएको खेलमा युनाइटेड ४(३ ले विजयी भएपनि ब्राजिलियन रोनाल्डोको हृयाट्रिकमा रियल समग्रमा ६(५ ले विजयी भएको थियो ।

Post a Comment

 
Top