0

टेभेजको गोलमा म्यानचेष्टर सिटीको जित

। इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटीले एस्टनभिल्लालाई पराजित गरेको छ । सोमबार राति भएको खेलमा कार्लोस टेभेजको निर्णायक गोलको मदतमा सिटीले जित निकालेको हो ।

जितसँगै डिफेण्डिङ च्याम्पियन सिटीले लिग लिडर म्यानचेष्टर युनाइटेडसँगको अंक दुरी १२ मा झारेको छ । लिग लिडर युनाइटेडको २८ खेलबाट ७१ अंक छ भने समान खेल खेलेको सिटीको ५९ अंक मात्र छ ।

एस्टनभिल्लाको घरेलु मैदानमा भएको खेलको ४५ औं मिनेटमा टेभेजले गोल गरेका हुन् । दोस्रो हापमा पनि सिटीले केही राम्रो मौका गुमाएको थियो ।

Post a Comment

 
Top