ट्वान्टी(२० अभ्यास क्रिकेटमा नेपालको दोस्रो जित
भारत भ्रमणमा रहेको नेपाली टोलीले ट्वान्टी(२० अभ्यास क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ । सीसी ट्वान्टी(२० एलिट कपको तयारीका क्रममा दिल्ली पुगेको नेपाली टोलीले मानव रचना विश्वविद्यालय हरियाणालाई ६ विकेटले हरायो ।
मानव रचनाले प्रस्तुत गरेको १ सय ४३ रनको लक्ष्य नेपालले अन्तिम ४ बल बाँकी छँदा ४ विकेट गुमाएर भेट्टायो । नेपालका लागि ज्ञानेन्द्र मल्लले ३६ बलमा ८ चौकाको मदतमा ५४ रन बनायो । सागर पुनले ३६ तथा मंजित श्रेष्ठले २७ रन बनाउँदा विनोद भण्डारीले १४, कप्तान पारस खड्काले ४ र अनिल मण्डलले १ रन बनाए ।
यसअघि पहिले व्याटिङ गरेको मानव रचनाले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो । उसलाई सस्तैमा समेट्ने क्रममा प्रदीप ऐरी र मंजित श्रेष्ठले समान २(२ तथा जितेन्द्र मुखिया, अमृत भट्टराई र सागर पुनले समान १(१ विकेट लिए ।

Post a Comment