0

तुलसीको दृष्टिकोण, चल्ला त जादु 


नेपालमा रजतजयन्ती मनाउन सफल चलचित्रहरु निर्देशन गरेका तुलसी घिमिरे यतिबेला ‘दृष्टिकोण’ मार्फत बजारमा आउने तयारी गर्दैछन् । चैत्र ३० गतेबाट प्रदर्शनमा आउने भनिएको ‘दृष्टिकोण’ ले तुलसीको लरखराएको सिने करिअरलाई उठाउने अपेक्षा गरिएको छ ।चलचित्रमा कुणाल, हिमानी डीसी, ललित गोले, मदन भुजेल, ममता गजमेर लगायतका कलाकारको अभिनय छ । चलचित्रमा बीबी अनुरागीको संगीत, दिनेश अधिकारीको नृत्य, रोशन श्रेष्ठको द्वन्द्व, चन्दन दत्तको सम्पादन छ ।


चलचित्र ‘दृष्टिकोण’ अन्य २ बिग व्यानरका सिनेमा ‘हमेशा’ र ‘नोटबुक’ सँगै प्रदर्शनमा आउँदैछ । यसैले पनि ‘लाहुरे’, ‘दर्पण छाँया’ जस्ता सिनेमा निर्देशन गरेका तुलसीको जाँदु चल्छ या चल्दैन त्यो हेर्न बाँकी छ ।

Post a Comment

 
Top