0

विभु अधिकारी,बारा
२३ फागुन
  नेकपामाओवादी नेतृत्वको नेपाल संघीय जनतान्त्रिक मोर्चाले गरेको बन्दमा भारतीय सहित चार सवारी साधन तोडफोड भएकोछ । 
पथलैया वीरगञ्ज सडक खण्डको जीतपुरमा भारतबाट केरा आयात गरिरहेको एपी ०५ टिबी २३९९ नम्बरमा बन्दकर्ताले ढुङ्गा हानी सिसा फुटाएकाछन् । सडक छे.उमा बसिरहेका आफ्ना कार्यकर्तालाई अनावश्यक रुपमा प्रहरीले समातेको विरोधमा  ढुङ्गा प्रहार गरेको माओवादीले जनाएकोछ । जीतपुरमा पाँच बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएकोछ । अखिल नेपाल क्रान्तिकारीऔद्योगिक संघका ब्जिल्ल अध्यक्ष जयराम साह,सचिव ढालबहादुर थापा,पूर्णप्रसाद विभु अधिकारी,बारा
२३ फागुन
  नेकपामाओवादी नेतृत्वको नेपाल संघीय जनतान्त्रिक मोर्चाले गरेको बन्दमा भारतीय सहित चार सवारी साधन तोडफोड भएकोछ । 
पथलैया वीरगञ्ज सडक खण्डको जीतपुरमा भारतबाट केरा आयात गरिरहेको एपी ०५ टिबी २३९९ नम्बरमा बन्दकर्ताले ढुङ्गा हानी सिसा फुटाएकाछन् । सडक छे.उमा बसिरहेका आफ्ना कार्यकर्तालाई अनावश्यक रुपमा प्रहरीले समातेको विरोधमा  ढुङ्गा प्रहार गरेको माओवादीले जनाएकोछ । जीतपुरमा पाँच बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएकोछ । अखिल नेपाल क्रान्तिकारीऔद्योगिक संघका ब्जिल्ल अध्यक्ष जयराम साह,सचिव ढालबहादुर थापा,पूर्णप्रसाद साँपकोटा,रामभरोस चौधरी र शिखर कार्कीलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएकोछ ।
  आफ्ना कार्यकर्तालाई तत्काल नछोडे सशक्त आन्दोलन गर्ने मजदुर नेता सोनालाल साहले बताए । 
  बजिनीमा पनि बन्दकर्ताहरुले सवारी साधनमा क्षती पु¥याएकाछन् । वीरगञ्जबाट काठमाण्डौं जान लागेको ना १ ज १७९४ नम्बरको टाटासुमो,ना२ख ३१०२ नम्बरको ट्रक र नम्बर नखुलेको एक ट्रयाक्टर तोडफोड गरेकाछन् ।
 जिल्लाका अधिकाँश विद्यालय र बजारका पसलहरु बन्द रहेकाछन् । पथलैया कलैया आद्योगिक करिडोरका उद्योगहरु केही भित्री रुपमा सञ्चालनमा रहेपनि प्रायः बन्द रहेकाछन् । 
 बारा स्थित महेन्द्र तथा त्रिभुवन राजमार्ग सवारी साधन गुडेकाछैनन् । यात्री चोकचोकमा सवारी साधनको पर्खाईमा बसिरहेका देखिन्थे ।मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका अनुसार दैनिक २ हजार सवारी साधन गुड्ने गरेकोथियो ।सिमरा स्थित विमान स्थलमा हवाई उडान सुचारु रहेको कार्यालयले जनाएकोछ । 
राष्ट्रिय संयुक्त सरकार गठनको माग गर्दै मोर्चाले सरकार गठनमा विदेशी हस्तक्षेप निम्त्याएको आरोप लगाएकोछ । असंवैधानिक कदमको विरोध र राष्ट्रिय स्वाधीनताको रक्षाको माग गर्दै बन्द आव्हान गरेको माओवादीले जनाएकोछ ।
बन्द बेलुकी ५ बजेसम्म रहनेछ । 
साँपकोटा,रामभरोस चौधरी र शिखर कार्कीलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएकोछ ।

Post a Comment

Top