0

फेरि पानी पर्ने संकेत
किसान वर्षेबालीको तयारीमा
 हिउँदे वर्षा सकिएको हप्ता नबित्दै फेरि पानी पर्ने संकेत देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुको प्रभावले मंगलबारदेखि मौसममा फेरि बदली आएको हो । ‘पश्चिमी पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना छ’(मौसमविद् सुवास रिमालले भन्नुभयो(’तर ठूलो पानी पर्ने सम्भावना छैन ।’

मंगलबारदेखि नै राजधानीसहित पहाडी क्षेत्रमा हल्का बादल लागेको छ । बुधबार बादलको मात्रा अझै बढी देखिएको छ । तर, काठमाडौंमा बादल नभएर तुवाँलो लागेको मौसमविदले बताएका छन् । तुवाँलोजस्तो देखिए पनि काठमाडौंमा पनि पानी पर्ने सम्भावना रहेको रिमालले भन्नुभयो । अहिले हिउँदे वर्षा सकिए पनि प्रि(मनसुनको समय शुरु हुन लागेकाले स्थानीय प्रभावका कारण जुनसुकै बेला पनि पानी पर्ने सम्भावना हुन्छ ।

खेतबारीमा खनजोत तीव्र

आकाशेपानीको भरमा खेती गर्नुपर्ने ठाउँका किसान यसवर्ष हषिर्त भएका छन् । विगतका वर्षमा हिउँदे वषर सामान्य मात्रै हुने गरेकोमा यसवर्ष हिउँदमा धेरै पानी पर्यो । समयमा हिउँदेवर्षा नहुँदा चिन्तित बनेका किसानलाई ढिलै भए पनि ठूलो वर्षा हुँदा राहत पुगेको छ । गहुँ, जौ र अन्य तरकारीबाली लगाउनेबेला पानी नपरेपनि फल लाग्नेबेला परेको पानीले किसानलाई उत्साहित बनाएको छ ।

फेब्रुअरी महिनामा चाहिँदो पानी परेकाले बाँझो खेतबारी खनजोत गर्न सजिलो भएको छ । मकै लगाउने र चैते धानको बीउ राख्ने पानी परेकाले किसानलाई फाइदा भएको नेपाल कृषि अनुसन्धान परिषद नार्कका बालीविज्ञ हरिकृष्ण उप्रेतीले जानकारी दिनुभयो । ‘यसवर्ष किसानले समयमै वर्षेबालीको तयारी गर्न पाएका छन् ।’( उहाँले भन्नुभयो ।

Post a Comment

 
Top