0

बन्दले देशभरको जनजीवन प्रभावित
। नेकपा(माओवादी नेतृत्वको नेपाल संघीय जनगणतान्त्रिक मोर्चाले गरेको बन्दका कारण आज देशभरको जनजीवन प्रभावित भएको छ । वर्तमान सरकारको विगठन र राष्ट्रिय संयुक्त सरकार गठनको माग गर्दै मोर्चाले सरकार गठनमा विदेशी हस्तक्षेप निम्त्याउने चार पक्षीय गतिविधिको विरोध, राष्ट्रिय स्वाधीनताको रक्षा, असंवैधानिक कदमको विरोध र राजनैतिक दलहरुकै बीचबाट राष्ट्रिय संयुक्त सरकार गठनको निम्ति सडक आन्दोलनको रुपमा आज बन्द आव्हान गरेको जनाएको छ । विहान ६ बजेदेखि आव्हान गरिएको बन्द साँझ पाँच बजे सकिने नेकपा(माओवादीले जनाएको छ ।

मोर्चाको बन्दका कारण देशभरका सम्पूर्ण यातायात, बजार, उद्योग कलकारखाना, शिक्षणसंस्था ठप्प रहेका छन् भने एम्बुलेन्स, रेडक्रसको गाडी, शववाहन, हस्पिटलको गाडी, दुध, पानी तथा फोहोर बोक्ने गाडीहरु, कुटनीतिक नियोगका गाडीहरु, मानवअधिकार र प्रेसका गाडीहरुलाई भने निर्वाध रुपमा सञ्चालन गर्न दिने जनाएको छ ।

नेपाल संघीय जनगणतान्त्रिक मोर्चामा नेकपा(माओवादी,नेकपा एकीकृत, मातृका यादब नेतृत्वको नेकपा माओवादी, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ९संघीय लिम्बुवान राज्य परिषद०लगायतका दल आवद्ध छन् ।

बन्दका क्रममा हुन सक्ने अप्रिय घटनालाई मध्यनजर गर्दै चोक चोकमा उल्लेख्य संख्यामा सुरक्षाकर्मी खटाइएको छ । बन्दकर्ता भने विहानै देखि नाराबाजी गर्दै सडक सडकमा प्रर्दशन गरिरहेका छन् ।

अर्घाखाँचीमा बन्द फिर्ता
नेकपा(माओवादीले गरेको बन्द अर्घाखाँचीमा भने फिर्ता भएको छ । अर्घाखाँचीका संघ सस्था र नागरिक समाजको आग्रहमा बन्द फिता लिएको गणतान्त्रिक मञ्च अर्घाखाँचीले जनाएको छ । आयोजकले जिल्लाको भावनालाई बुझेर बन्द फिर्ता ल्याएकोमा अर्घाखाँचीवासीले खुसी व्यक्त गरेका छन् ।

Post a Comment

 
Top