0

शनिबारबाट दुई रंगको सिलिण्डर बजारमा

ग्यास लिन उपभोक्ता कार्ड अनिवार्य
काठमाडौं,जेठ ३१–कार्यान्वयनमा ल्याउने भनिएको लामो समयपछि भोलिवाट वजारमा दुई रंगको सिलिण्डर आउने भएको छ ।
घरेलु प्रयोजनका लागी रातो र व्यवसायीक प्रयोजनका लागी निलो रंगको सिलिण्डरको व्यवस्था गरिएको छ ।
रातो पार्टीसंगको कुराकानीमा नेपाल आयल निगमका कायम मुकायम प्रमुख सुरेश कुमार अग्रवालले भोलि विशेष कार्यक्रम गरि दुई रंगको सिलिण्डर ल्याउने बताए ।
उनले पहिलो चरणमा काठमाडौं, पोखरा,भैरहवा,नेपालगञ्ज,विरगञ्ज, विराटनगर र झापामा दुई रंगको सिलिण्डर कार्यान्वयनमा ल्याउन लागिएको जानकारी दिए ।
दुई रंगको सिलिण्डर वजारमा आएपछि ग्याँसको आपुर्ति सहज हुने उनको दावी छ ।
यसअघि दुई रंगको सिलिण्डर ल्याउन आनाकानी गरिरहेको नेपाल एलपि ग्याँस उद्योग संघका अध्यक्ष शिव प्रसाद घिमिरेले सरकारसंग भएको सहमति अनुसार दुई रंगको सिलिण्डर ल्याउन लागिएको बताए ।
रातो र निलो रंगको सिलिण्डर वजारमा आउने भएपछि उपभोक्ताहरुले अनिवार्य रुपमा उपभोक्ता कार्ड वनाउनुपर्ने भएको छ ।
अहिले सम्म काठमाण्डुमा ४ लाख उपभोक्ताले ग्याँस कार्ड वनाईएको जनाईएको छ ।  आपुर्ति सहज वनाउनका लागी भन्दै गत वर्ष देखी नै दुई रंगको सिलिण्डर ल्याउने भनिएपनि ग्याँस उद्योगिहरुको अवरोधका कारण सफल हुन सकेको थियो ।
हाल ६० प्रतिशत व्यवसायीक प्रयोजनका लागी ग्याँस खपत हुँदै आएको छ । घरेलु प्रयोजनका लागी भन्दा व्यवसायीक प्रयोजनका लागी वढि ग्याँस खपत हुने भएकाले बेला– बेलामा उपभोक्ताहरुमा ग्यास अभाका कारण मारमा पदै आएका थिए ।

Post a Comment

 
Top