अबैध पैठारीमा गड्डाचौकी भन्सार कार्यालयका कर्मचारी
भन्सार नाका भएर आयात हुने सिमेन्टमा भन्सार कर्मचारीले बढीमात्रामा पनि कम राजश्व काटेर पैसा खाने गरेको स्रोतको दावी छ । “भन्सार कर्मचारीको यो पहिले देखिको नै प्रचलन हो,” स्रोतले भन्यो, “बढी समानमा कम राजश्व काटे बाफत भन्सार कर्मचारीले पैसा लिने गर्छन् ।” शनिबार मात्रै २ ट्रकमा आयात भएको सिमेन्टबाट भन्सार कर्मचारीले प्रति ट्रक १० हजारका दरले पैसा लिएको स्रोतको दावी छ ।
शनिबार आयात भएका ट्रक मध्ये म १ प ४८१ नम्बरको ट्रक शसस्त्र प्रहरीले नियन्त्रणमा लिएर कम राजश्व काटेको भन्दै भन्सार कार्यालय बुझाएको छ । शसस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय मजगाउँका अनुसार बढी सिमेन्ट आयात गरिएको भए पनि कमको मात्रै राजश्व काटिएको छ । ट्रकमा १० मेट्रिक टन जति सिमेन्ट आयात गरिएको शसस्त्र प्रहरीको भनाई छ ।
तर, भन्सार कार्यालयले शनिबार आयात भएको २ ट्रक सिमेन्टमा प्रति ट्रक ६.२५ मेट्रिक टन बराबरको राजश्व काटेको छ । भन्सार कार्यालयको तथ्याङ्क अनुसार शनिबार सिमेन्ट आयात भएका म १ ख ४८१ र से १ ख ५९२ नम्बरका ट्रकबाट प्रति ट्रक ३१ हजार २ सय ८१ रुपैयाँ राजश्व काटिएको छ । दुबै ट्रकमा प्रति ट्रक १० मेट्रिक टन बढी सिमेन्ट भए पनि भन्सार कार्यालयले ६.२५ मेट्रिक टन बराबरको उक्त राजश्व काटेको हो । ट्रकमा ६.२५ मेट्रिक टनमात्र सिमेन्ट आयात भएको र उक्त सिमेन्टको भन्सार राजश्व, अन्त शुल्क राजश्व र १३ प्रतिशत भ्याट सहित ३१ हजार २ सय ८१ रुपैयाँ राजश्व काटिएको भन्सार कार्यालय गड्डाचौकीका लेखापाल लोक बहादुर बमले बताए ।
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.