0

बजार थाम्ने ठूला लगानीकर्ताको प्रयास विफल


५ असार,  बिक्रीको चाप बढेर सेयर मूल्यमा भारी गिरावट आएपछि ठूला लगानीकर्ताले एक दिनलाई बजार थाम्ने प्रयास गरे पनि सफल हुन सकेन । बुधबार बिक्री आदेशमा धेरै सेयर नचढाएर मूल्य घट्नबाट रोक्ने र भोलीपल्ट अपेक्षित मूल्यमा सेयर बेच्ने उनीहरुको योजना थियो ।
stockबुधबार नेपाल स्टक एक्सजेन्जमा औसतभन्दा कम ५ करोड ६३ लाखको कारोबार भएको छ । ब्ल्यू चिप्ससहित धेरै कम्पनीको सेयर मूल्य घटेका कारण नेप्से परिसूचक १.१५ अंक तल गई ४८९.८६ अंक कायम भएको छ । आज ८१ कम्पनीको १०४२ कारोबार भएको छ ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकको कारोबार ५ लाखभन्दा कमको कारोबार हुँदा पनि मूल्य १० रुपैयाँ घटेको छ । आज ठूला लगानीकर्ताले यस बैंकको सेयर बिक्री गरेनन् । एभरेष्ट बैंकको १५२५ रुपैयाँमा ३८ लाखको बिक्री भएको छ । नबिल बैंकको २ रुपैयाँ बढेर १७२१ मा ३० लाखको कारोबार भएको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकको ६ रुपैयाँ मूल्य घटेर ७१५ रुपैयाँमा २२ लाखको कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भने १३ रुपैयाँ बढेर १३१८ मा १८ लाखको कारोबार भएको छ । १६ रुपैयाँ घटेर बैंक अफ काठमाण्डूको सेयर ५४० रुपैयाँमा ५१ लाखको सेयर बिक्री भएको छ ।
नियमित ठूलो कारोबार नहुने एनसीसी बैंकको सेयर आज २१४ रुपैयाँमा २८ लाखको बिक्री भएको छ । धेरै समयको अन्तरमा कारोबार भएको बोटलर्स नेपाल तराईं लिमिटेडको सेयर मूल्य १६ रुपैयाँ घटेर ५४० रुपैयाँमा ५० लाख रुपैयाँको कारोबार भएको छ । यस कम्पनीको सेयर खरिदकर्ता र बिक्रेताबीच पहिले सहमति गरेर औपचारिकताको लागि मात्र नेप्सेमा कारोबार गराइन्छ ।
हालै नेप्सेमा सूचीकृत भएको सिभिल बैंकको सेयर २ रुपैयाँ घटेर १४५ मा १६ लाख ५० हजारको कारोबार भएको छ । अर्काे नयाँ बैंक कमर्ज एण्ड ट्रष्टको सेयर पनि १४२ रुपैयाँमा २२ लाखको बिक्री भएको छ । आईएलएफसीओ फाइनान्सको लगातार दोस्रो दिन बल्क कारोबार भएको छ । हिजोको तुलनामा ९ रुपैयाँ बढेर १३४ रुपैयाँमा ३३ लाखको सेयर कारोबार भएको छ ।
प्राइम कमर्सियल बैंकको प्रमोटर सेयर आज पनि हिजोकै मूल्य १६२ मा २१ लाखको बिक्री भएको छ । यसैगरी, आज १०० रुपैयाँमा कुमारी बैंकको पनि ६४ लाखको प्रमोटर सेयर बिक्री भएको छ । आज नेप्सेमा सूचीकृत भएको स्वरोजगार लघुवित्त विकास बैंकको सेयर १५३ रुपैयाँमा ५० कित्ता कारोबार भएको छ ।
सगरमाथा इन्स्योरेन्स कम्पनीको बुक क्लोजपछि ५९० रुपैयाँले घटेर सेयर मूल्य ५७५ रुपैयाँ कायम भएको छ । यस कम्पनीले १०० प्रतिशत बोनस सेयर र २९ प्रतिशत नगद लाभांश दिएको छ । कमर्ज एण्ड ट्रष्ट बैंकको सेयर १४२ रुपैयाँमा २२ लाखको बिक्री भएको छ ।

Post a Comment

 
Top