0

नेतासँग दिक्क भएपछि बिरालो, गधा र कुखुरा उम्मेदवार

जनताका प्रतिनिधि बनेर सत्तामा पुग्ने नेताहरुले जनताको भावनाअनुसार काम नगरेपछि रिस उठ्नु स्वभाविकै हो । हाम्रो नेपालमा त नेताहरुप्रतिको जनताको आक्रोश थामिनसक्नु छ ।
दक्षिणी अमेरिकी मुलुक मेक्सिकोका जनता पनि यसैगरी दिक्क छन राजनीतिक नेतृत्वप्रति । तर, उनीहरुले आफ्नो दिक्दारी ब्यक्त गर्ने नौलो तरिका अपनाएका चुनावको पूर्वसन्ध्यामा ।
नेताहरुलाई गाली गर्न उनीहरु ‘मुसा’ शब्दको प्रयोग गर्छन् । आगामी जुलाई ७ तारिखमा जालापा शहरको मेयर पदका लागि चुनाव हुँदैछ । केही युवाहरु मिलेर यतिबेला बिरालोलाई मेयरको उम्मेदवार बनाएका छन् ।
cat-candidate-in-mexico-1जालापा शहरमा बस्ने एक युवा सर्गियो च्याम्मोरोले मोरिस नामको बिरालोलाई गत अगष्ट महिनामा घरमा ल्याएका थिए । उनी भन्छन-’भेराक्रुज सरकारको अभिब्यक्ति स्वतन्त्रतामाथि लगाएको अंकुशपछि यो आइडिया फुरेको हो ।’ सरकारको त्यस्तो कदमबाट दिक्क बनेका उनका साथी र उनीवीचको छलफलबाट मोरिसलाई मेयरको उम्मेदवार बनाउने टुंगो लागेको हो ।
‘मुसाहरुलाई भोट हाल्दा-हाल्दा दिक्क हुनुभयो ? अब बिरालोलाई भोट हाल्नुस !’ यस्तै चुनावी नारा लेखिएका पोष्टर अहिले शरहमा छ्यापछ्याप्ती पारिएको छ । कालो र सेतो रंग मिसिएको मोरिसको तस्वीरसहितको पोष्टरले अहिले त्यहाँ बेग्लै चुनावी रौनकता देखिएको छ भने नेताहरुप्रति दिक्क भएका युवापुस्तालाई ब्यङ्ग्य प्रहार गर्ने गतिलो माध्यम ।
अन्तराष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार च्याम्मोरोले गत मे महिनामा मोरिसको उम्मेदवारीको प्रचार गर्न फेसबुक पेज खोलेका थिए । अहिले पेजमा करिव १ लाख २५ हजार जनाले लाइक गरिसकेका छन् ।
cat-candidate-in-mexico-2यसैको सिको गर्दै अन्य समूहहरुले पनि जनावरलाई उम्मेदवार बनाउने क्रम बढेको छ । गधा र कुखुरालाई पनि आगामी जुलाई ७ तारिखको चुनावका लागि उम्मेदवार घोषणा गरिएको छ ।
मोरिसको उम्मेदवारी एक ब्यंग्य मात्र भएको बताउँछन च्याम्मोरो । मोरिस दर्ता गरिएका आधिकारिक उम्मेदवार भने हैनन् । समर्थकहरुलाई उनले भनेका छन-’मतपत्रमा मोरिस लेखेर छाड्नुहोला वा मतपत्रको सट्टा मोरिसको तस्वीर मत पेटिकामा खसाल्नुहोला ।’
cat-candidate-in-mexico-3
मास्टरमाइण्ड: बिरालोका मालिक तथा योजनाकार सर्गियो च्याम्मोरो(दायाँ) र उनका साथी
नेपालमा आगामी मंसिर ४ गतेका लागि दोस्रो संबिधानसभाको चुनाव घोषणा गरिएको छ । नेतालाई भद्दा गाली गर्नुभन्दा यस्तै ब्यङ्ग्य गर्ने सिर्जनशील तरिका मेक्सिकन युवाहरुबाट सिक्ने कि ?

Post a Comment

 
Top