0

कमलरीको बन्द आजपनि जारी, जनजीवन कष्टकर

, २३ जेठ । मुक्त कमलरीको अनिश्तिकालीन पश्चिम तराई बन्द आजपनि जारी छ । तीन दिनदेखिको लगातारको बन्दले यस क्षेत्रको जनजीवन भने थप कस्टकर बन्दै गएको छ । दाङकी कमलरी सिर्जना चौधरीको ललितपुरको कमलरी बसेकै घरमा गत चैत १४ गते मृत्यु भएपछि मुक्त कमलरीहरु आन्दोलित बनेका हुन् ।
कमलरी सिर्जनाको रहस्यमय मुत्यु भएको भन्दै कमलरी प्रथा उन्मुलन संयुक्त संर्घष समितिले घटनाको छानविन र दोषीलाई कडा सजायको मागगर्दै अनिश्चितकालीन बन्द गराएका हुन् ।
त्यस्तै मुक्त कमलरीले मुक्त कमलरीको बसोबासको उचित ब्यवस्था गर्न समेत माग गरेका छन् । बन्दका कारण आज पश्चिम तराईका बाँके, बर्दिया, दाङ लगायतका जिल्लामा लामो तथा छोटो दुरीका सवारी–साधन सञ्चालनमा आउन सकेका छैनन् भने शिक्षण संस्था, बजार, कलकारखाना ठप्प बनेका छन् ।
यसैबीच मुक्त कमलरीहरु आजपनि बिहानैदेखि यस क्षेत्रका चोकचोकमा प्रदर्शनमा उत्रिएका छन् भने निरन्तरको धर्नालाई पनि जारी राखेका छन् । त्यस्तै कमलरीले आफ्नो मागको ध्यानाकर्षण गराउने क्रममा सिंहदरबारमा प्रहरीले दमन गरेको भन्दै थप आन्दोलित बनेका छन् ।
यता, सरकारसँग भएको कमलरीको दुई पटकको वार्ता बिना निष्कर्ष टुंगिएको थियो । मुक्त कमलरी र सरकारबीच आज पुनः वार्ता हुने लागेको संयुक्त संघर्ष समितिले हामीलाई जानकारी दिएको छ ।

Post a Comment

 
Top