0

चोर्न पनि मिलाएर चोर्नु नि ! “सेतोपाटी” बाट “खबरपाटी”

पछिल्लो समय चर्चामा रहेको अनलाइन सेतोपाटी डट कमलाई आरोप लागेको थियो की उसको ले–आउट हफिङटनपोस्ट डटकम संग मिल्दोजुल्दो छ । तर सञ्चालनको केही महिनामै नेपाली साइटहरुमध्ये चौथो स्थानमा परेको सेतोपाटी डट कमको दुरुस्तै अर्को नेपाली साइट आएको छ । खबरपाटी नाम गरेको त्यो वेभसाइट हरेक रुपले सेतोपार्टी डट कमबाट प्रभावित देखिन्छ । सेतोपाटीले आफूलाई “नेपालको डिजिटल पत्रिका” भनेर चिनाएको थियो , खबरपाटीले आफूलाई “नेपाली डिजिटल पत्रिका” भनेर चिनाउने प्रयास गरेको छ । सेतो पार्टीमा भएजस्तो “तर्क” अर्थात् ट्वीटर र फेसबुकको फिड आउने क्याटेगोरी नभएपनि हुबहु नक्कल गरेर खबरपाटी बनेको छ । नेपाली पत्रकारितामा “चोरी” को यो पछिल्लो नमूना अत्यन्तै हास्यास्पद छ । प्रकाश पौडेल सम्पादक रहेको खबरपाटीको कार्यालय अनामनगरमा रहेको उल्लेख छ । समाचारहरु कपी गर्ने सिस्टम त सबैजसो अनलाईनमा रहदै आएको भएतापनि खबरपाटीले चोर्न बाँकी केही नराखी चोरेको छ । 

Post a Comment

 
Top