आज जातिय बिभेद उन्मुलन दिवस
जेठ २१ । आज जातिय विभेद उन्मुलन दिवस नेपालमा पनि बिभिन्न कार्यक्रमको आयोजना गरी मनाईदै छ ।
सरकारले लेपालाई बिभेद उन्मुलन गरेको ७ बर्ष बितेको भएपनि अझै सम्म नेपालमा जातीय छुवाछुत कायम नै रहेको छ ।
जातीय बिभेद उन्मुलन दिवसको अवसरमा आज काठमाडौमा सबै राजनीतिक दलका उच्च नेताहरुको सहभागितामा छुवाछुत बिरुद्ध कार्यक्रमको आयोजना गरिएको छ ।
नेपालको जनसङ्ंख्याको एक चौथाई हिस्सा ओगटेका नेपाली दलित समुदायमाथि करिब ३ हजार ५ सय वर्षदेखि थोपरिदै आएको जातीय छुवाछूत तथा भेदभाव भने अझै पूर्ण रुपमा अन्त्य हुन सकेको छैन ।
व्यवस्थापिका संसदले ०६८ जेठ १० गतेका दिन जातीय भेदभाव तथा छुवाछूतको कसुर र सजायको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ०६८ पारित गरेको र राष्ट्रिय दलित अधिकार आयोगको व्यवस्था गर्न बनेको विधेयक पारित गरिसकेको छ । जनआन्दोलनपछिको पुनस्र्थापित संसदले २०६३ साल जेठ २१ गते नेपाललाई छुवाछुत मुक्त राष्ट्रको रुपमा घोषणा गरेको थियो ।
Post a Comment