। ताप्लेजुङ जिल्लाको पश्चिमी साँबा गाउँ विकास समितिमा अवस्थित पर्यटकीय आकर्षण तथा गन्तव्यको प्रशस्त सम्भावना बोकेको फुङ्फुङ्गे झरना विकासको पूर्वाधार र प्रचार–प्रसारको अभावमा ओझेलमा परेको छ । सदरमुकाम फुङ्लिङदेखि एकदिनको पैदलयात्रा तय गरी पुग्न सकिने साँबाको फुङ्फुङ्गे झरना यस जिल्लाको पर्यटकीय स्थलहरु मध्ये एक महत्वपूर्ण स्थल हो । पर्यटकीय दृष्टिले हालसम्म कसैको पनि ध्यान नगएकाले फुङ्फुङ्गे झरना ओझेलमा परेको छ । पर्यटकीय गन्तब्यको रुपमा रहेको फुङ्फुङ्गे झरना अन्यन्तै आकर्षक मात्र नभई यसलाई धार्मिक स्थलको रुपमा समेत विकसित गरिएको छ । हाल झरना रहेको क्षेत्रमा किराँतेश्वर महादेवको मन्दिर बनाइएको र त्यहाँ मन्दिर बनाएपछि पूजापाठ गर्नेको सङ्ख्या बढेको स्थानीयबासी बताउँछन् । झरनाको पानी नघटोस् साथै सुख शान्ति प्राप्त होस् भनेर त्यहाँ पूजापाठ गर्ने गरिएको स्थानीय मनबहादुर लिम्बूले बताउनुभयो । झरना रहेको क्षेत्रमा लिम्बू समुदायको बहुल्य बसोबास भएकाले लिम्बू संस्कार अनुसार बाख्राको पाठा–पाठी, परेवा, कुखुरा काटेर बली दिने प्रचलन रहेको समेत लिम्बूले बताउनुभयो । हिउँद वर्खै सङ्लो पानी बगिरहने साथै शिरदेखि तिरसम्म कतै नठक्किई सिधै झर्ने र फुङ्–फुङ् आवाज आउने हुँदा झरनाको नाम फुङ्फुङ्गे भनिएको स्थानीयको भनाइ छ । त्यस्तै पानीको फोहराका कारण झरनाको नजिक जान नसकिने भएकाले झरना झरेको स्थानमा कति गहिराई छ भन्ने र यसको हालसम्म कसैले पनि नाप्ने कार्य नगरेकाले कति उचाइ कति छ भन्ने पनि यकिन छैन । आजभोलि उक्त झरना हेर्न आसपासका गाविससहित जिल्लाका अन्य क्षेत्रबाट र पाँचथर, तेह्रथुम लगायतका जिल्लाबाट मानिसहरु आउने गरेको स्थानीयबासी बताउँछन् । उता पापुङ्को पर्यटकीय क्षेत्र तोक्पेगोला आउने विदेशी पर्यटकहरुले समेत झरनाको अवलोकन गर्ने गरेका स्थानीय बताउँछन् । |
Recent Posts
- स्वास्थ्य स्वयमसेविकालाई मोवाइलबिनाको सिमः टोक्नु न बोक्नु28 Aug 20170
२ भदौ, डोटी । आदर्श गाउँपालिका-३ (साबिकको दलकालिकास्थान गाबिस-२ ऐली)की हरिना बिक महिला स्वास्थ्य स्वयंसेबिका भएको १८ बर्ष भयो । हरिनाले तीन बर्ष पह...Read more »
- कन्चनपुरमा युवक मृत फेला28 Aug 20170
१२ भदौ, कन्चनपुर। कञ्चनपुर पुनर्वास नगरपालिका-९ का २४ वर्षीय सुरज सार्की सोमबार बिहान मृत अवस्थामा फेला परेका छन् । इलाका प्रहरी कार्यालय त्रिभुवन ...Read more »
- महिलाका पुरुष डाक्टर ! जसले ३६ हजारलाई नयाँ जीवन दिए28 Aug 20170
११ भदौ, काठमाडौं । त्यतिबेला नेपालमा स्त्रीरोग विशेषज्ञ औंलामा गन्न सकिने संख्यामा थिए । पुरुषप्रधान समाज रुढीवादी मान्यतामै अडिग थियो । महिलाले पुर...Read more »
- ६ देशमा श्रम कन्सुलर र सहचारी नियुक्त, कसले कहाँ पाए जिम्मेवारी ?27 Aug 20170
११ भदौ, काठमाडौं । सरकारले एकैपटक ६ देशमा श्रम कन्सुलर तथा सहचारी नियुक्त गरेको छ । श्रम तथा रोजगार मन्त्रालयले मलेसिया र कोरियामा श्रम कन्सुलर नियुक...Read more »
- ‘दुई नम्बर प्रदेश पर्यटकका लागि राम्रो गन्तव्य'20 Jun 20170
दुई नम्बर प्रदेश यतिबेला निकै...Read more »
- बाजुरामा सेनाको जहाज दुर्घटना, क्याप्टेनको घटनास्थलमै मृत्यु [भिडियोसहित]30 May 20170
जेष्ठ १६, २०७४- हुम्लास्थित सिमकोटका लागि सुर्खेतबाट उडेको सेनाको स्काई ट्रक (जहाज) बाजुराको कोल्टी विमानस्थलमा दुर्घटना हुँदा क्याप्टेन महासेनानी क...Read more »
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.