0

बादरमुडे पीडितले ६० लाख रुपिंया नलिने, प्रचण्ड बद्नाम

 जेठ २१ । माडीको बा“दरमुढे घट्ना पिडितका लागि तत्कालिन  सरकारले उपलब्ध गराउने भनिएको ६० लाख रुपैया पिडितहरुले नलिने घोषणा गरेका छन ।

सरकारले उपलब्ध गराउन लागेको रकम  पिडितहरुले आफुखुसी भोग चलन गर्न नपाउने भएपछि  उक्त  रकम नलिने निर्णय गरेको बा“दरमुढे घट्ना पिडित संघर्ष समितिका उपाध्यक्ष कृष्ण अधिकारीले बताए  । 
गत फागुनमा भएको प्रथम माडी महोत्सबको उद्घाटनका लागि माडी पुगेका  एमाओबादीका अध्यक्ष प्रचण्डले बा“दरमुढे घट्नाका पिडितले आफ्नो स्वबिवेकले खर्च गर्न सक्ने गरी नेपाल सरकारबाट ६० लाख रुपैया उपलब्ध गराउने घोषणा गरेका थिए । पिडितहरुले आफ्नो ढंगले गाई बाख्रा पालन , आफ्नो औषधी उपचार  लगायतका काममा खर्च गर्न चाहेपनि नेपाल सरकारको निर्देशिकामा त्यसरी खर्च गर्न पाईने ब्यवस्था नभएको भन्दै जिल्ला विकास समितिले रकम उपलब्ध गराउन आनाकानी गरेपछि पिडीतहरुले रकम नलिने घोषणा गरेका छन  ।
 यसै बीच, यस बर्ष पनि बा“दरमुढे  घट्ना पिडित संघर्ष समिति चितवनले बादुरमुढे घट्नाको स्मृतिमा शोक सभा गर्ने भएको छ । पर्सी  जेठ २३ गते ९ औ बार्षिक शोक सभा गर्न लागिएको समितिका उपाध्यक्ष अधिकारीले जानकारी दिए  । २०६१ साल जेष्ठ २३ गते नेकपा माओबादीले थापेको विद्युतिय धरापमा परि ३८ जनाको ज्यान गएको थियो भने ७५ जना घाईते भएका थिए ।

Post a Comment

 
Top