0

राजनीति कहाँ बिग्रियो महोदय ?

सात वर्षसम्म इमानदारीपूर्वक काम गर्दा पनि साओ बिनले नियमअनुसार पाउनुपर्ने नयाँ भवन पाएन । उता, तीन वर्ष मात्र काम गरेकी एक युवतीले समुदायका नेता रिझाएको भरमा नै नयाँ भवन पाइन् । माओका सिद्धान्तलाई आधार मानिएको भनिएको सो नयाँ कम्युन, ‘फर्टिलाइजर प्लान्ट’का साओ बिनले कुनै पनि हालतमा आपूmलाई विकास गर्न नपाउने भए । अनेक विभिन्न नयाँ आयामको खोजी हुँदा पनि उनले त्यहाँको समस्याबाट छुटकारा पाउन सकेनन् । उल्टो, सो प्लान्टका नेताले लेखन र पेन्टिङमा तीक्ष्ण बिनलाई अन्य प्लान्टमा जान पनि अनुमति दिएनन् ।

बिन कार्यरत कम्युनिस्ट शासनपद्धति चलाइरहेको चिनियाँ देशको एक प्लान्टमा कम्युनिस्ट नेताहरूले जे गरे, त्यो अहिले नेपाली राजनीतिमा मिलिरहेको छ । बिन चिनियाँ लेखक हा जिनको उपन्यास ‘इन द पन्ड’को मुख्य पात्र हो । उच्च ओहदामा पुगेपछि नेताहरू आङ्खनो स्वार्थ परिपूर्तिमा मात्र लाग्छन् । त्यही अपरिमेय सत्यलाई जिनले आङ्खनो उपन्यासमा लेखेका छन्, अहिले त्यही सेरोफेरोमा नेपाली राजनीति दौडिरहेको छ । जनतामा गएर हारगुहार गर्दै स्वतन्त्रता प्राप्तिका लागि आन्दोलनमा आऊ र लोकतान्त्रिक देशमा हामी रमौं भन्ने पार्टीका अध्यक्ष तथा अन्य ठूलाबडा नेता अहिले आलिसान बंगलामा बसिरहेका छन् ।
आङ्खनो उर्वर उमेर आन्दोलनका लागि दिएकाहरू खान नपाउने समस्याले ग्रसित छन् । अनौठो लाग्छ, जनतालाई जुन आश्वासन बाँडिएको थियो, ती कुरा एउटै पूर्ति भएका छैनन् । तर, नेताका घर, गाडी, रहनसहन तथा लुगाफाटोमा परिपक्व परिमार्जन आएको छ । ‘इम्पोटेड’ वस्तुमा रमाउन नेपाली नेता थालिसकेका छन् । र, बारम्बार उनीहरू नै भनिरहेका छन्, ‘अहिले देशको राजनीति बिग्रिएको छ ।’ जनता सोधिरहेका छन्, ‘कहाँ बिग्रिएको छ देशको राजनीति ?’ यसको जवाफमा कुनै पनि दलका नेता ठोस निर्णय दिइरहेका छैनन् । संविधानसभाको विघटन र नयाँ संविधानसभाको निर्वाचनसँग मात्र परिवेशहरू केन्द्रित गर्ने होइन ।
नयाँ निर्वाचन सम्पन्न गर्न तटस्थ व्यक्ति प्रधानन्यायधीश खिलराज रेग्मीलाई छानियो । मन्त्रिपरिषद् अध्यक्ष पनि बनाइयो । त्यसपछि बल्ल उनको तटस्थता थाहा भयो । चार दलका शीर्ष नेताको आग्रहमा जता झुकाव धेरै देखिएको छ, त्यही नै तटस्थता रहेछ । चार दलले आङ्खनो पूर्ण निगरानीमा सरकार चलाउने हो भने किन तटस्थ व्यक्तिको खोजीमा लाग्नुपरेको थियो ? त्यसैले जनताहरू नेताहरूलाई नै सोधिरहेका छन्, ‘आखिर राजनीति कहाँ बिग्रियो महोदय ?’ यसको उत्तर कुनै पनि दलका कुनै पनि नेतासँग छैन । हुनुपर्ने होइन र ? ठीक छ, आपूmले गरिरहेको राजनीतिबारे नेता केही नबोलून् । केही अनुरोध जनतालाई नगरून् ।
आपूmहरू गएको बाटो उनीहरूलाई थाहा हँुदो हो । तर, के हामी जनताको अधिकार होइन, आङ्खनो भविष्य कता जाँदै छ, कसरी जाँदै छ भन्ने थाहा पाउनुपर्ने ? चिया पसलमा कुरा हुन्छ, ‘हाम्रा नेताको बुद्धि नै छैन ।’ जब हामी सबैलाई झुक्याएर उनीहरू ऐस–आराम गरिरहेका हुन्छन्, लाखौं जनतालाई आङ्खना भाषण सुन्न मोहित गरिरहेका छन्, के ती नेताको बुद्धि छैन ? कसरी भन्ने ती नेताको बुद्धि छैन ? खिलराज रेग्मीलाई मन्त्रिपरिषद्को अध्यक्ष बनाइयो । त्यसको भोलिपल्टबाट नेताहरूले ‘बाध्यात्मक परिस्थितिको उपज’ हो भने । तर, दुई महिना बित्दा पनि ती नेताहरू त्यो ‘बाध्यात्मक परिस्थिति’ के हो भनेर भन्न चाहिरहेका छैनन् ।
त्यस्तो बाध्यात्मक परिस्थितिका बारेमा नै बुझ्न नपाउने भएपछि जनताले कहाँबाट कसरी बुझ्ने राजनीति ? त्यसैले पनि नेताहरूले भन्नुपर्ने हो, ‘यहाँनेर बिग्रियो राजनीति ।’ फेरि पनि जनता सोधिरहेका छन्, ‘राजनीति कहाँ बिग्रियो महोदय ?’ नेताहरू चुपचाप छन्, जनता ट्वाल्ल हेरिरहेका छन् । अहिले चार राजनीतिक दलका नेताहरू आपूmलाई शीर्ष नेता भन्छन्, सोचेका निर्णय कार्यान्वयन गर्छन् । भोलिपल्ट भाषणमा चारै नेता आपूmहरू परिबन्दमा परेको भन्दै विभिन्न बहानामा सो इस्युबाट पन्छन खोज्छन् । अब तिनै नेताले गरेको निर्णय तिनै नेतालाई थाहा नभए कसलाई थाहा हुन्छ ? जनताका आशा र भरोसामाथि गरिरहिएको राजनीतिको दिशा तिनै नेतालाई थाहा नभए कसलाई थाहा हुन्छ ? यसको उत्तर पनि ती नेतासँग छैन ।
उनीहरूसँग भएको उत्तर एउटै हो, ‘अहिले राजनीति बिग्रिएको छ ।’ आखिर कहाँ बिग्रिएकोे छ राजनीति ? कसले बिगारेको छ राजनीति ? मंसिरमा संविधानसभाको चुनाव हुने कुरामा आशंका देख्न थालिएको छ । यसरी आशंका देखिनुको कारण पनि नेताहरू नै हुन् । जब उनीहरू बन्द कोठामा सहमति गर्छन् र बाहिर त्यही कुराको विरोध गर्छन्, जनताले कसरी थाहा पाउने राजनीति कहाँ गएर अड्किएको छ ? अहिले देशलाई चिरिच्याट्ट परेको, कपाल मिलाएको र कपडालाई ‘आइरन’ गरेर लगाउनेको खाँचो छैन, खाँचो छ त निकास दिन सक्ने र भूmट नबोल्ने नेताको ।
कहिलेसम्म भूmटको खेती गरिरहन्छन् हाम्रा नेताहरू ? कहिलेसम्म एकअर्कालाई घोचपेचमा मात्र सीमित हुन्छन् हाम्रा नेताहरू ? त्यसको जवाफ पनि नेताहरूले नै दिनुपर्ने हो । तर, परिस्थिति त्यस्तो रहेन । परिस्थिति त कस्तो बन्यो भने, राजनीति विशुद्ध एउटा व्यापार हो । जनता तथा कार्यकर्ता त्यो व्यापारका ‘कमोडिटिज’ हुन् । एउटालाई बोकेर कुनै बिन्दुमा पु¥याएपछि हाम्रा नेता आङ्खनै धोती फुस्केको थाहा पाउँदैनन् ।
उल्टो, धोती फुस्केकोमा लाजभन्दा पनि विदेशीको हस्तक्षेप छ भन्दै कुर्लन थाल्छन् । न हाम्रा नेता सिद्धान्तको राजनीति गरिरहेका छन्, न त नैतिकताको । उल्टो उनीहरू नै भनिरहेका छन्, ‘अहिले देशको परिस्थिति बिग्रिएको छ, राजनीति बिग्रिएको छ ।’ आखिर कहाँ र कसरी बिग्रएको हो त राजनीति ? किन तिनै नेता यो प्रश्नको उत्तर दिँदैनन् । राजनीति बिग्रिएको र देशको अवस्था बिग्रिएकोमा देशका राजनीतिक विश्लेषक पनि सचेत छैनन् । राजनीति बिग्रिएको होइन, आपूmले उचालेका वा समर्थन गरेका नेतालाई सहयोग नभएको उनीहरूको गुनासो मात्र पत्रपत्रिकामा वा कार्यक्रममा सार्वजनिक भइरहेका छन् ।
राजनीति कसरी, कहाँ बिग्रिएको छ ? नागरिक समाजका अगुवासँग यो प्रश्नको उत्तरको अपेक्षा नगर्दा पनि हुन्छ । यहाँ नागरिक समाज छ, तर नागरिकको समाज छैन । जब राजनीतिमा आङ्खनो पहुँच मत्थर हुँदै जान्छ र जनतामा आङ्खनो चार्मको विकास गर्नुपर्ने हुन्छ, यहाँ नागरिक समाजका अगुवाको जन्म हुन्छ । जब चुनावको विषयमा कुरा उठ्छ, नयाँ पार्टी रच्न जनतासम्म आङ्खनो नाम पु¥याउनुपर्ने आवश्यकता हुन्छ, अघिल्लो पंक्तिमा उभिएर प्रहरीद्वारा गिरङ्खतार हुन सकिने गरी अभियन्ताको जन्म हुन्छ ।
तिनै नागरिक समाजमा अगुवा र अभियन्ता भोलि राजनीतिमा हावी हुन्छन् । साओ बिनजस्तै तिनका धर्ना कार्यक्रम, अभियानमा आङ्खनो समय खर्चेका, जीवन खर्चेका मानिस आङ्खनो मात्र होइन देशको विकास गर्न खोज्छन् । तर, उनीहरूलाई नेता भइसकेपछि कसले सुन्छ ? ‘नेता भएपछि वा राजनीति गरेपछि एउटा मात्र कुरा हुँदैन, धेरै क्षेत्रबाट दबाब आइरहेको हुन्छ । तँ ठूलो मान्छे भएको भए बुझ्थिस्,’ साओ बिनले हिजो आपूmले विश्वास गरेका मान्छेको जवाफ सुन्छ । अहिले नेपाली जनता त्यही सुनिरहेका छन् । जनता नेता भएको भए पो थाहा पाउँथे, ‘राजनीति के हो, राजनीति कहाँ बिग्रिएको छ ? कसरी अगाडि बढिरहेको छ राजनीति ?’

Post a Comment

 
Top