0

साउदी अरवबाट ३५ हजार नेपाली घर फर्किने तयारीमा


२ असार,  साउदी अरेबियामा अवैधानिक रुपमा रहेका ३५ हजार नेपालीले स्वदेश फर्कन ट्राभल डकुमेन्ट लिएका छन् । पछिल्लोपटक साउदी सरकारले ल्याएको ‘घर फर्क वा बैधानिक होउ’ अफर अन्र्तगत रियादस्थित नेपाली दूताबासबाट ३५ हजारभन्दा बढी नेपालीले स्वदेश र्फकन ट्राभल डकुमेन्ट लिएका हुन् ।
saudi arab‘स्वदेश फिर्तीका लागि ३५ हजार नेपालीको रिटर्न भिसामा नेपाली मिसनले छाप लगाएको छ’ परराष्ट्र मन्त्रालयका प्रवक्ता दुर्गाबहादुर सुवेदीले सिन्हृवा समाचार संस्थासँग भन्नुभयो । साउदी अरेबियामा झण्डै ४ लाख नेपाली कामदार छन्, उनीहरुमध्ये करिव ७० हजार अवैधानिक रुपमा बस्दै आएको अनुमान छ ।
साउदीमा रहेका मध्ये २० प्रतिशत अर्थात करिव ८० हजार महिला छन्, जो घरेलु कामदारका रुपमा कार्यरत छन् । नेपाली राजदूत उदयराज पाण्डेले अवैधानिक रुपमा बस्दै आएका अधिकांश नेपाली अशिक्षित र ग्रामिण भेगबाट आएको र उनीहरुलाई साउदी सरकारले अघि सारेको आममाफीको मौकाबारे समेत जानकारी नभएको बताउनुभयो । उहाँले भन्नुभयो-’लक्षित समूहका सिमितले मात्र स्वेदश फर्कन आएका छन् । धेरै घरको घेरा भित्रै रहेका छन् ।’
पाण्डेका अनुसार सबैभन्दा ठूलो समस्या भारत हुँदै साउदी पुगेका महिलाहरुबारे जानकारी नहुनु हो, जो कुनै कागजाज विना नै दालालको माध्यमबाट पुग्ने गरेका हुन्छन् । साउदी अरेबियामा ६ सय ८८ नेपाली महिला कामदार रहेको सरकारी तथ्यांकले देखाउँछ । साउदी अरेबियाले अवैधानिक रुपमा काम गर्दै आएका भण्डै १५ लाख विभिन्न देशका नागरिकलाई लक्षित गरी आममाफीको अबसर दिएको छ ।
जसमा १ लाख ८० हजार आफ्नो घर फर्किसकेका छन् भने ५ लाखले त्यहाँको कानुन अनुसार वैधानिक रुपमा काम गरेर बस्ने अनुमति लिएका छन् ।

Post a Comment

 
Top