अपांगलाई बोझ नबनाऊ
ईश्वरी अधिकारी
नेपाली समाजले अझै पनि अपांगतालाई पूर्व जुनीको पाप भन्न छोडेको छैन। अपांगता पाप होइन। शारीरिक रूपमा कमजोर मानिस अपांग हुन्छ। कुनै जुनीको पापले कोही पनि अपांग हुँदैन। हाम्रो समाजमा बूढापाकाले जे गर्यो त्यो नै समाज सञ्चालनको माध्यम बन्दै आएको छ। उनीहरूले चलाएका प्रचलन र रीतिरिवाज अहिलेसम्म चल्दै आएका छन्। अब पुरानो पुस्ताले चलाउँदै आएका प्रचलन नयाँ पुस्ताले सच्याउँदै अघि बढ्नुपर्छ। पहिलापहिलाका मानिस भन्ने गर्थे- झाडापखाला लागेका बिरामीले पानी खानुहुन्न। धेरै पानी खाए झन् पखाला लाग्छ। पानीबिना त्यस्ता बिरामीको रोग कसरी निको हुन्छ?
अहिले पखाला लागेका बिरामीले बढी पानी खानुपर्छ भन्ने मान्यता विकास भएको छ। पानीले बिरामी निको हुन्छ। सुत्केरी आमाको दूध तत्काल बच्चालाई खुवाउनुहुन्न। बच्चा रोग लागेर मर्छ भन्ने प्रचलन थियो। सुत्केरी आमाको बिगौती बच्चालाई खान दिनु राम्रो रहेछ। यसबाट धेरै रोग निर्मूल हुँदोरहेछ भन्ने साबित भएको छ। अपांग भनेको पूर्व जुनीको पाप हो भन्ने संस्कारलाई अब बदल्नुपरेको छ। यसको पक्षमा समाजमा चेतनामूलक कार्यक्रम गर्न जरुरी छ। जसको जिम्मा युवापुस्ताले लिनुपर्छ, जसले भविष्यको नेपालको अभिभारा बोकेको छ। सामान्य मानिस हिँड्दा, यातायात साधनमा चढ्दा पनि दुर्घटनामा पर्छ। दैनिक कामकारबाही गर्दा पनि ऊ लडेर घाइते भई अपांग हुन सक्छ।
विगतमा पनि त्यही हो। तर पुरानो पुस्ताले पूर्व जुनीको पाप भनी बसालेको परम्परालाई अहिलेको पुस्ताले समेत बोकेर हिँड्न मिल्छ र? यस्ता रुढिवादी हटाउन समाज एक्लैले सम्भव नभएकाले सरकारले यस्तो प्रवृत्ति हटाउन आवश्यक कामकारबाही गर्नुपर्छ। यसका लागि सबैको सहयोग जुटाउनुपर्छ। अनि मात्र यस्तो अन्धविश्वास हट्न सक्छ। अपांग र तिनका समस्या पनि थरीथरीका छन्। सबैको चाहना आफ्नै खुट्टामा उभिनुपर्छ भन्ने हुन्छ। समाजमा अरूको बोझ नबनी आत्मनिर्भर हुनुपर्छ भन्ने मान्यता अपांगमा पनि हुन्छ। त्यसैले उसले आफूले गर्नसक्ने कामका लागि सीपमूलक तालिम खोजेको हुन्छ।
हरेक देशको सरकारले अपांगलाई आत्मनिर्भर बनाउन विभिन्न तालिम दिएका हुन्छन्। तर यहाँ कुनै तालिम हुने गरेको छैन। जापानमा त्यहाँका मानसिक अपांगलाई तालिम दिइन्छ। उनीहरू विभिन्न कलकारखानामा गएर काम गर्छन्। महिना दिन पूरा भएपछि उचित पारिश्रमिक पनि पाउँछन्। पाएको पारिश्रमिक घरपरिवारमा लगेर दिएपछि उनीहरू आफू कसैको बोझ बन्न नपरेको महसुस गर्छन्।
नेपालमा जस्तो आफू जन्मेको ठाउँ र आफन्तभन्दा टाढा लगेर कसैले नदेख्ने ठाउँमा छोड्ने प्रचलन कसैका आमाबाबुले पनि गर्दैनन्। मानसिक वा शारीरिक अपांग भएका जोसुकैले पनि घरपरिवारबाट अलग हुनुपर्दैन। सम्मानित जीवन बिताइरहेका हुन्छन्। यहाँ अपांग सन्तानलाई बोझका रूपमा लिने चलन छ। सकेसम्म आफूबाट अलग राख्ने यहाँको प्रचलन छ। नेपाली अपांगको आजको अवस्था र त्यसको निराकरणका उपाय नभएको होइन। जनतस्तरबाट मात्र यसको निराकरण सम्भव नभएकाले सरकारी स्तरबाटै प्रयास हुनुपर्छ। जसलाई आजसम्मका सरकारले सोचेको सम्म छैन।
मुलुकका प्रत्येक जिल्लामा अपांगको संख्या र अवस्था हेरी उनीहरूलाई आत्मनिर्भर बनाउन विभिन्न क्रियाकलाप गरिदिनुपर्छ। स्थानीय स्तरमा उत्पादित सामानलाई बजारसम्म लगिदिएर उनीहरूलाई बिक्री गर्न लगाउन सकिन्छ। अपांगलाई सीपमूलक तालिम दिएर उनीहरूले उत्पादन गर्न सक्ने वस्तुलाई राज्यले खरिद गरिदिएर पनि उनीहरूको जीविकोपार्जनमा सघाउन सक्छ।
अपांगता सधैं नरहन सक्छ। ऊ पनि सबल नागरिकसरह भएर समाजमा बाँच्न पाउँछ। नेपाली अपांगले आजसम्म त्यही भन्दै आएका हुन्। कसैको बोझ भएर होइन आफ्नै खुट्टामा उभिनसक्ने वातावरण बनोस्, कसैको दयामायामा होइन। समाजमा धेरै यस्ता अपांग पनि छन्, जोसँग सीप छ, जाँगर छ तर काम छैन। सीप र जाँगर भएका अपांगलाई राज्यले रोजगारको व्यवस्था गरिदिनुपर्छ। तर दुर्भाग्य आजसम्मका कुनै पनि सरकारले यस्तो व्यवस्था गर्न सकेन।
बाबुराम भट्टराई नेतृत्वको सरकारको पालामा जनताले थोरै भए पनि आशा गरेका थिए तर उनले पनि सिन्कोसम्म भाँच्न सकेनन्। सधैं अपांगको अवस्थालाई अपांग व्यवहार गरिरहने होइन, सबलांग सरह आत्मनिर्भर बनाउनुपर्छ। वर्तमान चुनावी सरकारले यसतर्फ समयमा ध्यान देओस्। अपांगले अपांगताको महसुस गर्नु नपरोस्।

Post a Comment