‘बोक्सी’ अन्धविश्वास
भारती पोखरेल
विराटनगर उपमहानगरपालिका-१२ की १५ वर्षीया अनिसा विकको गोडामा सानो घाउ निस्कियो। त्यो घाउ दिनदिनै बढ्दै गएपछि उनकी आमाले ‘बोक्सी लागेको’ भन्दै धामीकहाँ पुर्याइन्। झारफुक गराइन्। घाउ बिसेक भएन। बरु बढ्दै गयो। दस दिनपछि कोसी अञ्चल अस्पताल पुर्याएपछि मात्र उनको घाउ निको हुँदै गयो। ‘बोक्सी लाग्यो’ भनेर बसेको भए गोडामा जे पनि हुन सक्थ्यो। यो यथार्थ अहिले बल्ल उनकी आमाले पनि बुझिन्।
समाजमा महिलासँग विभिन्न प्रकारका सामाजिक, सांस्कृतिक र धार्मिक कुरीति जोडिएर आएका छन्। गाउँमा कोही मानिस, बच्चा, गाई, भैंसी, बाख्रा, बिरामी भएमा ‘बोक्सी लाग्यो’ भनेर धामीझाँक्रीकहाँ जाने चलन अझै विद्यमान छ। समाजका कमजोर, नि:सहाय, गरिब, विधवालाई महिला पत्तै नपाई बोक्सी, डायन बनाइन्छ। समाजमा जान्नेबुझ्ने र पढेलेखेका पनि यस्तो कुकर्ममा सहभागी छन्, जो आफ्नो घरका महिलाचाहिँ कहिल्यै ‘बोक्सी’ बन्न नसक्ने ठान्छन्।
कैलालीको वेलादेवीपुर गाविस-७, घुरसुवाकी ६० वर्षीय राजकुमारी रानालाई बोक्सीको आरोप लगाई गाउँलेले यातना दिएको र दिसापिसाब खुवाएको समाचार केही दिनअघि प्रकाशित भएको थियो। ‘२१औं शताब्दीमा पनि नेपाली समाजको चेतना माथि उठ्न नसकेको उदाहरण हो यो। यस्ता अमानवीय घटना हुनुको अर्थ हो, समाज अझै अन्धविश्वासको सोचबाट बाहिरिएको छैन’, मीनाक्षी नेपाल भन्छिन्।
बोक्सीको मिथ्या आरोप महिलामाथिको जघन्य अपराध हो। यसो हुनुमा समाजमा व्याप्त कुविचार, कुरीति, गरिब, लैंगिक विभेद, अशिक्षा र अरू थुप्रै कारण हुन सक्छन्। यो अराजकताको नमुना पनि हो; जहाँ विवेकहीन भीडतन्त्रको शासन चल्छ। भूतप्रेत र बोक्सीजस्ता भय हामीले मनमा पालेका छौं। जसको इच्छाशक्ति कमजोर छ उसले यी सबैको क ल्पना गर्छ, त्यसैमा रमाउँछ र त्यसैको सहारामा अरूलाई दोष लगाउने गर्छ।
नेपालमा यसरी ‘बोक्सी’ को आरोप लगाई अपमानित गरिएका र सांघातिक आक्रमणजस्तो शारीरिक पीडा दिएका कतिपय घटना प्रकाशित पनि हुँदैनन्। किन? यसको प्रमुख कारण पीडित महिला सामाजिक बहिष्कार र हत्याको सिकार हुन्छन्। उनीहरू आफ्नो मुद्दा प्रहरी कार्यालयमा दर्ता गराउन सक्दैनन्। न्याय नै नपाइने परिवेशमा प्राय: सबै पीडित महिलाको उत्तर यही हो। यस्ता मुद्दा प्रहरीले नै दर्ता नगरी आपसमा बसी मिलाउने गरेको सर्वविदितै छ। दर्ता भएका मुद्दाको पनि न्यायोचित फैसला भएको देखिँदैन। यस प्रवृत्तिले पीडितमाथिको अत्याचारले झन् प्रोत्साहन पाउँछ। परिणामस्वरूप यसरी आरोपित पीडित महिला बाँकी जीवनमा कहिल्यै पनि न्याय नपाइने उदासीन र निराश जीवन बिताउन बाध्य हुन्छन्। यसो हुनु विधिको शासन स्थापनामा चुनौती हो।
नेपालले महिलाविरुद्ध भेदभाव अन्त्य गर्ने सन्धि (सिड) लगायत मानवअधिकारसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय सन्धिमा हस्ताक्षर गरेको छ। यस क्षेत्रमा आवश्यक कडा कानुनको अभावले यी सम्झौता अर्थहीन भएका छन्। महिलाविरुद्ध हिंसात्मक अपराधीलाई खुला विचरणको मौका दिइएको छ। मानवअधिकार तथा महिला अधिकारकर्मीका अनुसार एक प्रतिशतभन्दा पनि कम मुद्दामा मात्र कारबाही भएको देखिन्छ।
पितृसत्तात्मक मानसिकतालाई निरन्तरता प्रदान गर्न बोक्सीप्रथालाई एक बहानाका रूपमा प्रयोग गरिन्छ। महिलालाई बोक्सीको आरोप लगाइएका अधिकांश घटना जातीय दमन र गरिबीजस्तो पितृसत्तात्मक शोषणसँग जोडिएका हुन्छन्। समाजमा पुरुषवर्गको अवाञ्छनीय प्रधानताको प्रत्यक्ष, परोक्ष रूपले विरोध गर्ने प्रभावकारी महिलाको दमन गर्न पुरुष वर्गले यस्ता महिलामाथि बोक्सीको आरोप एक हतियारको रूपमा प्रयोग गरेको पाइन्छ। उदाहरणका लागि कुनै विधवाले आफ्नो स्वर्गीय पतिको सम्पत्तिको माग गरी भने उसमाथि बोक्सीको आरोप लगाइन्छ। यसैगरी पुरुषको यौनइच्छा पूरा गर्न नचाहने महिलामाथि पनि बोक्सीको आरोप लगाइन्छ।
ग्रामीण परिवारको कुनै शिक्षित पुरुष झाडापखालाको सिकार भयो भने कुनै कमजोर परित्यक्त वा तलाक प्राप्त वा विधवालाई बोक्सी लगाएको शंका गरिन्छ। कहाँसम्म भने सीमापारिका बिहार र उत्तरप्रदेशमा लडेर गोडा भाँच्ने गोरुको दुर्घटना पनि बोक्सीको कारणले भएको भन्ने अन्धविश्वास पाइन्छ। अनुसन्धानकर्ताका अनुसार कथित तल्लो जातका कुनै महिला, गरिब वा विधवासँग कुनै प्रकारको असमझदारी वा असहमति भयो भने प्रतिशोधका लागि पनि बोक्सीको आरोप लगाउने गरिएको छ। नेपालमा महिलासँग प्रतिशोधका लागि झाँक्रीहरूको सहायता लिने गरिएको पाइन्छ। यस्ता झाँक्रीहरूले बोक्सीको आरोप सही भएको ठहर्याएका धेरै उदाहरण पाइन्छन्।
झाँक्रीहरूलाई त्यसका लागि केही रुपैयाँ, रक्सीको बोतल, खसी र केही प्रसादमात्र दिनुपर्छ। यी झाँक्री महिला बोक्सी भएको कुनै ठोस प्रमाण दिन सक्दैनन्।
वास्तवमा भूतप्रेत विद्यामा विश्वास राख्ने जनमानसबाट प्रेत विद्याको प्रयोग कुनै असाध्य रोग वा प्राकृतिक प्रकोपबाट छुटकाराका लागि गरिएको देखिन्छ। परिवार वा समुदायमा भएका असामयिक मृत्युको कारणमा कुनै महिला बोक्सी भएको दर्शाउनु भनेको संवेदना व्यक्त गर्ने माध्यममात्र हो। विपत्ति वा दुर्भाग्यका लागि कुनै असहाय, कमजोर महिलाले ‘बोक्सी लगाएको’ विश्वास गरिनु पनि पलायन र आत्मसन्तोषकै एउटा उपाय भएको छ। मन कमजोर भएपछि मानिस यस्तै अन्धविश्वासको सहारा लिन्छ। बोक्सीको आरोप लागेका महिलाको सुरक्षाप्रति गम्भीर प्रयास नगरुन्जेल यस्ता परम्परा परिवर्तन हुँदैनन्।

Post a Comment