अक्षम युवापुस्ता !
गुरुराज घिमिरे
राजनीतिक दल, तिनको नेतृत्व, नेतृत्व क्षमता र दल सञ्चालन विधि र शैलीका विषयमा सचेत समुदायमाझ कहिलेकाहीँ बहस हुने गर्छ। केही दिनअघि काठमाडौंकै एक अज्ञातस्थलमा छलफल चल्यो। छलफलमा राजनीतिक दल सम्बद्ध र असम्बद्ध बौद्धिक युवाको सहभागिता थियो। राजनीतिक दयाराभित्रका वा बाहिरका सबैको असन्तुष्टि र चिन्ता दलका नेताको योग्यता र आफ्नो दल चलाउने पद्धति या शैलीमा केन्द्रित थियो। एक युवाले त यतिसम्म भने- मौजुदा दलको नेतृत्व इतिहासकै सबैभन्दा कमजोर नेतृत्व हो र यसबाट नेपाली समाजले कुनै आशा नगर हुन्छ। उनले आफ्नो धारणा पुष्टि गर्न थप तर्क गर्दै भने, ‘अरूले चलाएको गाडीमा बसेर आजसम्म आइपुगेका यी नेताले राजतन्त्र उन्मूलनपश्चात्का पछिल्ला वर्षमा के गरे, त्यसैबाट उनीहरूको क्षमता प्रमाणित हुन्छ।’
त्यहाँ उपस्थित अधिकांशको विचारमा आगामी मंसिरमा तोकिएको निर्वाचन सम्पन्न हुन सकेन भने अहिलेको नेतृत्वले राजनीतिबाट विश्राम लिए हुन्छ। त्यसो गर्दैनन् भने दलहरूकै औचित्य र सान्दर्भिकता समाप्त हुन्छ। छलफल गम्भीर थियो र व्यक्त विचार कुनै आग्रह/पूर्वाग्रहबाट ग्रसित थिएनन्।
प्रजातन्त्रवादी वा वामपन्थी वा व्यावसायिक व्यक्ति सबैको सरोकार वर्तमान राजनीतिक परिस्थिति र नेपालको भविष्यमा केन्द्रित थियो। कसैले पनि कुनै नेताप्रतिको आफ्नो झुकाव वा अनुराग व्यक्त गरेनन्। नेपालको राजनीतिक विकासक्रमको प्रस्थान बिन्दु २००७ देखि २०६३ हुँदै आजसम्मका घटनाक्रम नै छलफलका मुख्य विषयवस्तु थिए र सम्भवत: राजनीतिकभन्दा गैरराजनीतिक व्यक्ति को संख्या बढिरहेको त्यो राजनीतिक कार्यक्रम ओजपूर्ण थियो। छलफलको स्थान र पात्रलाई गोप्य राख्ने पूर्व सहमतिअनुरूप भएको कार्यक्रमको खर्चसमेत सहभागी सबैजनाको सामूहिक योगदानबाट बेहोरियो। यसबाट नेपाली समाज नयाँ शिराबाट जागरुक हुँदैछ र राजनीतिक नेतृत्वले क्षमता नदेखाउने हो भने नेपालमा नयाँ घटनाक्रमतर्फ समाज अग्रसर हुन सक्छ भन्ने संकेत पनि प्राप्त भयो।
आजसम्म शासन व्यवस्थाका विभिन्न रूपको अनुभव बटुलेको समाजले पछिल्लो ६/७ वर्ष गणतन्त्रको अनुभव पनि बटुल्न पायो, जो नेपाली भूमिमाथिको नौलो प्रयोग थियो। तर यो प्रयोग यसका संस्थापकले भनेजस्तो प्रीतिकर छैन। दलहरू जनताप्रति पटक्कै उत्तरदायी छैनन्। हामीले हटाएको राजसंस्था जनताप्रति अनुत्तरदायी, निरंकुश र सामन्तवादको प्रतीकका रूपमा चित्रण गरिएको थियो र त्यो निकै सत्य पनि थियो। तर जब हामी जनताका नाममा शासन गर्न शाहीपथमा उद्यत् हुन्छौं भने हामीलाई अरूले कसरी मूल्यांकन गर्लान्? त्यसैले पनि हुनसक्छ, गैरराजनीतिक व्यक्तिहरूले राजनीतिलाई कसरी हेरिरहेका छन् भन्ने मूल्यांकनका लागि उपयुक्त हुन सक्छ। दल र त्यसको नेतृत्व त्यस्तो सार्वजनिक विषय हो, जो सदैव सार्वजनिक पुस्तकालयको पुस्तक जस्तो खुला र पारदर्शी हुनुपर्छ। गोप्य योजना बनाउने दल र नेता दुवै कहिल्यै प्रजातन्त्रवादी हुन सक्दैनन्। भन्ने एउटा र गर्ने अर्को प्रजातन्त्रको सिद्धान्तभित्र पर्दैन। विडम्बना, अधिकांश दल र तिनका नेताको चरित्र बहुरंगी छ। यस्तो भएपछि सचेत नेपालीले यहाँ चलेको राजनीतिका बारेमा कस्तो धारणा बनाउने?
छलफलको अर्को महत्त्वपूर्ण पाटो पुरानो पुस्ताभन्दा नयाँ पुस्ता कति योग्य भन्ने थियो। के नयाँ पुस्ताको नेतृत्व पंक्तिले साँच्चै राम्रो गर्न लागेको छ त? पुरानाभन्दा ऊ कति सच्चा र चरित्रवान् छ, नैतिक छ, योग्य छ, कर्तव्यनिष्ठ छ, निष्ठावान् छ र जिम्मेवार छ? यसको जबाफ निराशपूर्ण आयो। सहभागीमध्ये केहीले नयाँ पुस्तालाई ‘बकम्फुसे’ समेत भन्न बाँकी राखेनन्। अझ गहिराइमा विश्लेषण गर्ने केही व्यक्तिले नयाँ पुस्तालाई आत्मकेन्द्री र अवसरपरस्तसमेत भने। दलभित्र जिम्मेवारीमा रहेको नयाँ पुस्ता अपवादबाहेक साँच्चै अनैतिक र बेइमान रहेको टिप्पणीसमेत भयो। यस्ता कटुतापूर्ण टिप्पणी यथार्थपरक छन् या छैनन् भनेर विभिन्न दलका युवा क्रियाकलाप र भूमिका नियाल्ने हो भने परिस्थिति निराशाजनक देखिन्छ। दलमा वडादेखि केन्द्रसम्मका विभिन्न जिम्मेवारी ओगटेको युवापुस्ता जिम्मेवारीलाई आफ्नो निहित स्वार्थ पूरा गर्ने माध्यम वा हतियारका रूपमा उपयोग गरिरहेको छ।
अपवादका केही पात्र वा व्यक्तिबाहेकका युवा राजनीतिकर्मी आफ्नो दलको कार्यालयमा भेटिँदैनन्। उनीहरू या विभिन्न उद्यमी, व्यापारीसँग उनीहरूकै कामका लागि दत्तचित्त रहने वा विभिन्न सरकारी अड्डाका मानिसको हितका लागि क्रियाशील वा विकास निर्माणका ठेकेदारका व्यवसायका अप्रत्यक्ष सहयोगीका रूपमा सक्रिय भेटिन्छन्। दलको कार्यालय स्थानीय होस् या माथिल्लो, सदैव सुनसान रहने गर्छन्। दलका सदस्य वा कार्यकर्ताले आफ्ना प्रतिनिधि या नेतासँग चाहेका बेला भेट्न पाउँदैन। राजनीतिक जिम्मेवारीमा रहेका युवानेताकै प्राथमिकता राजनीति छैन। उनीहरूको बुझाइमा राजनीति सभा-सम्मेलनमा उपस्थिति जनाउनु र दैनिकजसो एक/दुई मन्तव्य प्रकट गर्नु रहेको छ। विडम्बना सभास्थलमा जनताका लागि समर्पित रहने उद्घोष र प्रतिबद्धता व्यक्त गरेर ओर्लिएको युवा नेताले आफ्नो दलका सदस्यको पीडा सुन्ने दिलचस्पी देखाउँदैन र सकेसम्म कोही भेट्नु नपरोस् भनेर लुसुक्क बाहिरिन्छ। यस्तो प्रवृत्तिले गाँजेको छ युवा पुस्तालाई। अब कसरी आस गर्ने त नयाँ पुस्ताबाट? यो पुस्ताले राष्ट्रको राजनीति कसरी थाम्ला?
जुन नेतृत्वमा जनताप्रति साँच्चै समर्पित रहने व्यावहारिक अग्रसरता देखिँदैन, त्यो नेतृत्वले जनताको मन जित्न सक्दैन। राजनीति भनेको कोरा आदर्शको रटान र इतिहासको बखान मात्र त होइन, यो त जनतासँग राखिने जीवन्त सम्बन्ध हो। जनतासँगको भावनात्मक निकटता अथवा उसका सुखदु:खमा निरन्तर सहभागिता हो। राजनीति भनेको व्यवस्था परिवर्तन मात्र होइन, जनताको दशा परिवर्तन पनि हो। प्रजातन्त्रविरोधी वा निरंकुश राजनीतिक व्यवस्थाले जनताको हित नगर्ने भएपछि गणतन्त्र ल्याइएको हो। गणतन्त्र त उदाहरणीय पो हुनुपर्ने त! जनताको घाउमा मलम लगाउने काम पो गर्नुपर्ने त! तर प्रजातन्त्र वा समाजवादका नाममा क्रान्ति गरे पुगिहल्यो भन्ने मनोविज्ञान बोकेको पुरानो पुस्ता र आफू कसरी बलियो हुने भन्ने एकांकी चिन्तन बोकेको नयाँ पुस्ता राजनीतिका विडम्बना हुन्, राजनीतिलाई दुर्घटनातर्फ उन्मुख गराउने प्रवृत्ति पनि हुन् भन्ने निष्कर्षका साथ सकिएको त्यो भेला साँच्चै प्रेरणादायी रह्यो।
राष्ट्र संकटपूर्ण घडीमा उभिएको बेला भविष्यको बागडोर सम्हाल्न तम्तयार युवा पुस्ता मूकदर्शक छ। यसका दुइटा कारण हुन सक्छन्। एक, देशको वर्तमान अवस्थाप्रति गम्भीर छैन र समाजलाई अहिलेको संकटबाट मुक्त गर्ने उच्च जिम्मेवारीबोध वा चेतना छैन। दुई, बाहिर चर्चा भएजस्तो वा गरिएजस्तो उसमा योग्यता वा क्षमता छैन। यस्तो त्रासदीपूर्ण परिस्थितिमा छ नेपाल। पुरानो नेतृत्वले सकेन र नयाँ अग्रसर छैन, अनि कहाँ पुग्छ देश? आज देशभरि (सर्वत्र) यही चिन्ता छ। नागरिकको मनस्थिति नबदलिईकन परिस्थिति बदलिँदैन र दिशा नबदलिईकन दशा बदलिँदैन। हाम्रो न मनस्थिति बदलिएको छ, न त दिशा, अनि कसरी फेरिन्छ देशको मुहार?

Post a Comment