राजकुमारीले जन्म दिने बच्चा त रोयल बच्चा भैगो । भविष्यमा बेलायतमा हुने अटोमेटीक राजा । साराका सारा मिडिया केटको पछाडि दौडेका छन् । हुँदा हुँदा आज बेलायती रानीले स्कुले बच्चाहरुसँग च्याट गरेर भनिन रे मेरो पनाती या पनातिनी यो हप्ताको अन्तिम सम्म आइपुग्नेछ या आइपुग्नेछिन् । अनि त्यसपछि म छुट्टि मनाउन जान्छु । कसै कसैले छोरी जन्मने भनेर अनुमान लाइसके । कसै कसैले गर्भवती राजकुमारी छाडेर राजकुमार घोडचढी खेल्न गए भनेर लेखे । हुँदा हुँदा एक जना ज्योतिषि महिलाले धेरै सेन्सिबल खालको बच्चा जन्मदैँछ भन्न भियासकिन् । अहो कत्रो हल्ला । एउटा हेलिकोप्टर स्ट्यान्डबाइ छ रे । अहो कत्रो ब्यवस्था । यतिका कुरा बिच मलाई लाग्नदैछ राजकुमारीको सुत्केरी ब्यथापनि रोयल नै हुन्छ होला । अनि खुल्दुली लाग्छ यो रोयल सुत्केरी ब्यथा कस्तो हुन्छ होला ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment