कुन देशका पुरुषको लिंग कत्रो ?
अमेरिकाको जर्नल अफ सेक्सुअल मेडिसिनका अनुसार अमेरिकी पुरुषको लिंगको औसत लम्बाई ५.६ इन्च रहेको पाइएको छ, यो आकार सम्भोगका लागि तयार भएको अवस्थाको हो । भारतीय पुरुषको लिंगको औसत लम्बाई भने इन्च रहेको बताइएको छ ।
यो अनुसन्धान अमेरिकाको इण्डियाना विश्वविद्यालयमा १६६१ पुरुषमा गरिएको थियो । पुरुषहरुले आफ्नो लिंगको नाप लिएर अनलाईनमा राखिएको फारम भरेर पठाएका थिए । अध्ययनका अनुसार पुरुषरुको सबैभन्दा छोटो लिंग १.६ इन्च र सबैभन्दा लामो लिंग १०.२ इन्चको रहेको पाइएको थियो ।
अनुसन्धानकर्ता डेब्बी हर्मेनिकका अनुसार लिंगको लम्बाई परिस्थितिअनुसार फरक पर्न सक्छ ।जस्तो कि यदि पुरुषहरुले पार्टनर साथै भएका बेला लिंगको आकार नाप्छन् भने लम्बाई अझ बढी हुन सक्छ ।
प्रसिद्ध बेलायती वैज्ञानिक रिचर्ड लिन ले पुरुषको लिंगको आकारका बारेमा एक शोधपत्र प्रकाशित गरेका थिए । जसमा विश्वका ११३ देशका पुरुषको लिंगको आकारको विश्लेषण गरिएको थियो, जसअनुसार सबैभन्दा लामो लिंग कंगोलीहरुको रहेको पाइएको छ, उनीहरुको औसत लिंग ७.१ इन्च लामो रहेको जनाइएको छ, यस्तै, कोरियाली र कम्बोडियालीको लिंगको आकार सबैभन्दा छोटो अर्थात् ३.९ इन्च रहेको पाइएको छ ।
Post a Comment