0

फलोअर कम गर्ने तरिकाः
फलोअर कम गर्न मन लागेको छ भने निराशावादी हुनुहोस् । तपाईंले निराशावादी कुरा गर्न थाल्नुभयो भने तपाईलाई अन्यले फलो गर्न छोड्न सक्छन् । ट्वीटरमा ‘उदास’ कुरा गर्नेहरुलाई कम व्यक्तिले मन पराउने जनाइएको छ ।
त्यस्तै शोधमा यो पनि भनिएको छ कि ट्वीटरमा धेरै कुरा गर्दापनि अन्यले फलो नगर्न सक्छन् । त्यस्तै शोधमा अन्यले फलो नगर्ने विषयमा भनिएको महत्वपूर्ण कुरा के हो भने जब तपाईंले आफ्नो बारेमा बढाई–चढाई गरेर कुरा गर्न थाल्नुहुन्छ, तब अन्यले तपाईलाई अनफलो गर्न सक्छन् ।
फलोअर कसरी बढाउने ?
ट्वीटरमा चर्चित व्यक्तिहरुको फलोअर्स त बढीनै रहन्छन् । बढी फलोअर्स भएका व्यक्तिहरुको अकाउन्ट अध्ययन गर्दा पाइयो कि उनीहरु एकभन्दा बढी भाषा जान्छन् । त्यस्तै यिनीहरु अलग पृष्ठभूमिका व्यक्तिहरुसँग संवाद गर्न हमेशा तयार हुन्छन् ।
फलोअर बढाउनेको एक तरिका यो पनि हो कि ज्यादा भन्दा ज्यादा ट्वीट रिट्वीट गराउन सकियो । त्यस्तै ट्वीटरमा उपस्थित व्यक्तिहरुले ताजा सूचना र ‘वेबलिंक्स सेयर’ पनि अधिक मात्रामा रुचाउँछन् ।
त्यस्तै फलोअर बढाउने एक तरिका यो पनि हुन सक्छ कि ट्वीटर प्रयोगकर्ताको सक्कली पूर्ण विवरण ट्वीटरमा उपलब्ध होस् । त्यस्तै सकिन्छ भने आफ्नो बारेमा खुलाउने एक वेब लिंक पनि उपलब्ध गराइएको होस् ।

त्यस्तै तपाईंको ठेगानाले पनि ठूलो असर गर्छ । ट्वीटरमा आफ्नो ठेगाना खुलाउँदा उत्तम हुन्छ । त्यस्तै तपाईंका कुराहरु १ सय ४ शब्दमा स्पष्ट सन्देश हुन पनि जरुरी छ ।
त्यस्तै उक्त शोधमा फलोअर बढाउन नयाँ व्यक्तिहरुलाई फलो गर्न सुझाव दिइएको छ भने आफ्ना फलोअर्सहरुलाई अनिवार्य रुपमा फलो गर्न भनिएको छ । जसले गर्दा विश्वास दरिलो हुने जनाइएको छ ।
त्यस्तै अध्ययनका अनुसार सकारात्मक रहने र विचारमा एकरुपता बनाईरहँदा ट्वीटर प्रयोगकर्ताहरुबीच राम्रो असर पर्ने गर्छ ।

Post a Comment

 
Top