0

ट्वीटरमा फलोअर कसरी बढाउने ?

। विश्वभरीमा ट्वीटर चलाउनेहरु मध्ये ८० प्रतिशत व्यक्तिलाई १० भन्दा कम व्यक्तिले फलो गर्ने गर्छन् । तर, अधिकांश ट्वीटर प्रयोगकर्ताहरु भने आफ्ना फलोअर्स बढुन्नै भन्ने चाहन्छन् । तर, फलोअर्स बढाउन सजिलो भने छैन ।
केही अन्तर्राष्ट्रिय रिपोर्टहरुमा जनाइएको छ कि जागिर दिने व्यक्तिहरुले जागिर दिनुअघि जागिर खान आउने व्यक्तिका बारेमा सूचनाहरु सोसियल मिडिया मार्फत संकलन गर्ने गर्छन् ।
त्यस्तै रिपोर्टहरुमा यो पनि भन्ने गरिन्छ कि ट्वीटरमा अकाउन्ट खोलेका कतिपय व्यक्तिहरु लगभग निस्क्रिए हुन्छन्, निस्क्रिए छन् ।
अमेरिकामा ट्वीटरसँग सम्बन्धित एक शोधका अनुसार ट्वीटर धेरै प्रयोग गर्ने धेरै व्यक्तिहरुका उद्देश्य भनेको विशुद्द रुपमा अन्य व्यक्तिहरुको ट्वीट पढ्नु हुन्छ । उक्त शोधमा माइक्रो ब्लगिङ साईट ट्वीटरमा फलोअरको संख्या बढाउने उपायको तरिकाहरुको बारेमा खोजी गरिएको समाचार एजेन्सी बीबीसीले जनाएको छ ।
त्यस्तै के गर्दा फलोअर्स कम हुन्छन् भन्ने बारेमा पनि उक्त शोधमा खोजी गरिएको थियो । उक्त शोधका समयमा जर्जिया इस्टिच्युट अफ टेक्नोलोजी र युनिर्भसिटसी अफ मिशिगनका ५ सय जना ट्वीटर प्रयोगकर्ताका अकाउन्टमाथि १५ महिनासम्म अध्ययन गरिएको थियो । 

Post a Comment

 
Top