लौन यो के सुन्नुपरेको, ठग्न पाउनुपर्छ भनेर आन्दोलन !
कहिँ नभएको जात्रा हाँडिगाउँमा । हामीले सकेसम्म धेरै ठगेर सम्पत्ति जोड्न पाउनुपर्छ भनेर सुनचाँदी व्यवसायीको आन्दोलन !
यो नयाँ भने होइन । केही पहिले ट्याक्सी चालकहरुले पनि नेपाली यात्रुलाई हामीले ठग्नु जायज हो, हामी ठग्न पाउनुपर्छ भन्दै आन्दोलन गरेका थिए । अहिले यो क्रम दोहोरिएको छ सुनचाँदि व्यवसायीमा ।
सुनचाँदि व्यवसायी अहिले आन्दोलनमा छन् । उनीहरुको सरासर माग छ, हामीले ठग्न पाउनुपर्छ । नठगे हामीले कसरी आफ्नो परिवार चलाउने ? नठगे हामीले कसरी आफूलाई व्यवसायी भन्ने ?
ठग्न पाउनुपर्छ भन्दै नेपाली सुनचाँदी व्यवसायीले केही समय यता कारोबर रोकेका मात्र छैनन्, पसल नै बन्द पनि गरेका छन् ।
गल्ती गर्नेलाई सरकारले अनुगमन गरेर कारबाही गर्न पाउँदैन भन्ने व्यवसायीको माग रहेछ । यो कुरालाई नेपालका कुनै पनि राष्ट्रिय दैनिकले भने त्यति महत्व दिएका छैनन् ।
कस्तो बिडम्बना । हुन त नेपालमा अन्त कहिँ नभएको जात्रा हेर्न पाइन्छ । केही पहिले ट्याक्सी चालकले पनि अनौठो किसिमको आन्दोलन गरेका थिए । उनीहरुको माग थियो, हामी एक ठाउँबाट अर्को ठाउँमा हचुवामा मिटरमा उठ्ने भन्दो धेरै पैसामा जान पाउनुपर्छ । मिटरमा छुस र कल राख्न पनि पाउनुपर्छ ।
कतै सुनचाँदी व्यवसायीले पनि तिनै ट्याक्सीवाला बाट सिकेका त होइनन् ?
हुन त यो पहिलो पटक भने होइन सुनचाँदी व्यवसायीले ठग्न पाउनुपर्ने माग राख्दै आन्दोलन गरेको । वैशाखमा पनि उनीहरुले सरकारले गरेको अनुगमनको विरोध गरेका थिए । त्यसपछि सरकार नालायक जसरी पछाडि हटेको थियो ।
२४ क्यारेट भनेर २२ क्यारेट बेच्ने, १ तोला भनेर केही कम बेच्नेलगायतका दोषहरु सरकारले गरेको अनुगमनमा भेटिएको थियो । त्यसपछि अनुगमनले त्यस्ता पसलहरुलाई कारबाही गर्ने माग अगाडि बढाएको थियो ।
तर, उत्रे सबै सुनचाँदी व्यवसायी आन्दोलनमा । भन्न त सरकारले उनीहरुको आन्दोलनको कुनै तुक नभएको बताएको छ । तर, हेर्नोस् न हामीकहाँ कस्तो खालको ट्रेन्डको विकास हुँदै गइरहेको छ ?
किन यस्तो ट्रेन्डको विकास हुँदै छ त नेपालमा ? के कुरा सुन्न परेको छ हामीले ? हामीले ठग्न पाउनुप¥यो भनेर गरिने आन्दोलनले नेपाललाई कहाँ पु¥याउला ?
कहिँ नभएको जात्रा हाँडिगाउँमा । हुन त अहिले नेपालमा भएका विभिन्न आन्दोलनलाई हेर्ने हो भने पनि सम्पूर्ण नेपाल नै हाँडी गाउँ हो भन्दा फरक नपर्ला । त्यसैले पनि
कहिँ नभएको जात्रा हाँडिगाउँमा । हुन त अहिले नेपालमा भएका विभिन्न आन्दोलनलाई हेर्ने हो भने पनि सम्पूर्ण नेपाल नै हाँडी गाउँ हो भन्दा फरक नपर्ला । त्यसैले पनि
हुनसक्छ, पोखराकी कवि सरस्वती प्रतिक्षाले यो मिठो मुक्तक सिर्जना गरेकी :
यो कस्तो लाखे नाच ,जहाँ दर्शकहरुलाई जति पेले पनि हुन्छ,
बुद्धको मकुण्डो पहिरिएर बुद्धलाई नै नटेरे पनि हुन्छ
यो देशै हाडीगाउँ , हाडीगाउँमा हरदम जात्रा हेर्न पाइन्छ
नागरिकतामा देश लेख्दा नेपाल लेख्नुस् वा हाडीगाउँ जे लेखे पनि हुन्छ
बुद्धको मकुण्डो पहिरिएर बुद्धलाई नै नटेरे पनि हुन्छ
यो देशै हाडीगाउँ , हाडीगाउँमा हरदम जात्रा हेर्न पाइन्छ
नागरिकतामा देश लेख्दा नेपाल लेख्नुस् वा हाडीगाउँ जे लेखे पनि हुन्छ
Post a Comment