के हो अमृता लिंगम् प्रवृत्ति ?
५ साउन, तराईमधेस राष्टिय अभियानका संयोजक जयप्रकाश प्रसाद गुप्ताले पाँच मधेसी दलका नेताहरुलाई अमृतालिंगम् को उपमा दिँदै उनीहरुसँग कुनै पनि तालमेल नगरिने घोषणा गर्नुभएको छ । गुप्ताद्वारा जारी प्रेस विज्ञप्तिले संसदमा भाग लिने कुराको विरोध गर्दै सशस्त्र संघर्षको बाटोमा लाग्न मधेसी समुदायलाई आह्वान गरेको प्रष्ट संकेत गरेको छ ।
यस अभियानमा सरिक हुन र एक उत्सर्गी जमातको निर्माण गर्न म मधेसका तरूण, युवा एवं विद्यार्थीहरूमा अपील गर्दछु । “कि मरण कि मृत्यू”को नयाँ संकल्प लिदैं एकतावद्ध हुनअब ढिलो नगरौं ।’ गुप्ताको भनाइ छ ।
के हो अमृता लिंगम् प्रवृत्ति ?
जेपी गुप्ताले मधेसी नेता महन्थ ठाकुर, विजयकुमार गच्छदार, राजेन्द्र महतो, महेन्द्र यादव र राजकिशोर यादवलाई अमृता लिंगमको उपमा दिँदै उनीहरुको तस्वीरमा रातो क्रससहितको तस्वीरसमेत विज्ञप्तिसँगै मिडियामा पठाएका छन् । सन् १९४९ ताका श्रीलंकामा तामिलहरुले संसदीय प्रतिश्पर्धामा भाग लिएर संसदको बाटोबाटै आफ्नो जातिको अधिकार पाइन्छ भन्ने विश्वास लिएका थिए । अमृता लिंगम तामिलका संसदवादी नेता थिए । तर, संसदीय बाटोबाट परिवर्तन सम्भव छैन भन्ने सशस्त्र समूहले अमृता लिंगमको हत्या गरेपछि तामिलहरु सशस्त्र संघर्षको बाटोमा लागेका थिए । गुप्ताले मधेसी नेतालाई अमृतालिंगमको संद्दा दिनुको अर्थ संसदीय बाटोबाट मधेसमा परिवर्तन नहुने सन्देश दिँदै उनीहरुलाई अमृता लिंगम बनाउनेतिर मधेसी युवालाई उक्साउन खोजेको देखिएको छ । गुप्ताले वक्तव्यमा कि मरण कि मृत्यु भनेर प्रक्ष्सँग उल्लेख गर्नु र पाँच नेतालाई रातो क्रस गरेर उनीहरुको सुरक्षामाथि नै चुनौती दिएका छन् कि तिमीहरुलाई पनि अमृता लिंगमजस्तै बनाइने छ ।
गुप्ताले आफ्नो वक्तव्यमा भनेका छन् :
हालका दिनहरूमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरूले मधेसको राजनीतिक मागहरूका विरुद्ध गम्भीर अपराध गरेका छन् । यिनीहरूले नागरिकताको प्रमाणपत्रकै आधारमा मतदाता नामावली संकलन गर्ने बिषयमा सहमति जनाए । फलतः मधेसका प्रायसः सबै जिल्लाहरूमा लगभग एक लाखको संख्यामा मतदाता घटेका छन् । यिनीहरूले संविधान सभाका सदस्य संख्या ६०१ बाट झारेर ४९१ पुर्याउने छलकपटमा सहमति जनाए । फलतः संविधान सभामा समानुपातिकको ९५ संख्या घटेको छ । यसबाट मधेसी, जनजाति, दलित आदिकै प्रतिनिधित्व घट्ने निश्चित छ । यिनीहरूले ११ सूत्रीय सहमतिमा हस्ताक्षर गरे, यसको आठौं बुँदाअनुसार गत संविधानसभाको राज्यपुनसर्ंरचना समितिले पास गरेको संघीयता एवं प्रदेश सम्बन्धि आधारभूत मान्यताहरूको स्वामित्व अब नयाँ गठन हुने संविधान सभाले लिने अनिवार्यता रहेन । यिनीहरूबाट गरिएका यी अक्षम्य अपराधहरू हुन् । मधेसको राजनीतिमा देखिएको यो ‘अमृतालिंगम् प्रवृति’ राज्यको मधेस विरोधी नीतिभन्दा पनि खतरनाक तथा घातक छ ।
Post a Comment