0

अधिकारी दम्पतिको कष्टकर अनशन, छोराका हत्यारा कता छन् ??
adhikari dampatiछोराको हत्यारालाइ कारवाहीको माग गर्दै लामो समय देखि अनशनमा बसेका गोर्खाका नन्द प्रसाद अधिकारी दम्पतिको स्वास्थ्य स्थिति जटिल हुदा पनि कानमा तेल हलेर बसेको राज्यको एउटा लाजमर्दो कर्तुत ।  अपहरणपछि चितवनमा हत्या गरिएका गोरखाका कृष्णप्रसाद अधिकारीको मुद्दाका विषयमा जिल्ला प्रहरी कार्यालयले बुधबार सरकारी वकिलको कार्यालयसँग राय लिने भएको छ । राष्ट्रिय मानव अधिकार आयोगको चर्को दबाबपछि सरकारको निर्देशनमा प्रहरी प्रधान कार्यालयले पुनः अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा पत्राचार गरेपछि आजबाट अनुसन्धान प्रक्रिया थालिने भएको हो ।

विसं २०६१ जेठ २४ गते तत्कालीन नेकपा–माओवादीले आफन्त भेट्न चितवन आएका बेला अपहरण गरी पूर्वी चितवनको रत्ननगर– १३ मा हत्या गरेको थियो । अधिकारी हत्याका विषयमा अनुसन्धान भइरहेका बेला सरकारले द्वन्द्वकालका घटनालाई छानबिन गर्न सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन गर्ने भन्दै मुद्दा स्थगन गराएको थियो ।
आफ्ना छोरा कृषि अधिकारीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै गोरखा फुजेलका नन्दप्रसाद र गङ्गामाया दुई हप्तादेखि आमरण अनशनमा बसेका छन् ।
स्वास्थ्य अवस्था बिग्रिएपछि अहिले वीर अस्पतालमा उनीहरुको उपचार भइरहेको छ ।

Post a Comment

 
Top